स्लेट खानी सञ्चालनमा आएन

बेनी, म्याग्दी, ३१ वैशाख । म्याग्दीमा अवस्थित स्लेट खानी सञ्चालनमा आउन सकेको छैन । यसले गर्दा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत पाउन सकेका छैनन् ।

भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पु¥याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा छ ।

लुलाङ गाउँदेखि गुर्जा जाने बाटो र नर्जा खोलाको मुहान क्षेत्रमा दुई वटा स्लेट खानी रहेका छन् । लुलाङ र आसपासका गाउँमा घर छाउनका लागि स्लेट आवश्यकता परेको बेलामा मात्र खानी सञ्चालन हुने गरेको छ । व्यवस्थित नगरिँदा खानीबाट समुदाय र स्थानीय तहले अहिलेसम्म आम्दानी लिन सकेका छैनन् ।

स्लेट घर छाउन, भुइँमा बिच्छ्याउन प्रयोग हुन्छ । ग्रामीण क्षेत्रका परम्परागत ढुंगेघरमा छाउन प्रयोग हुँदै आएको स्लेट पछिल्लो समय बजारका घर निर्माणमा समेत प्रयोग हुने गरेको छ ।

स्लेट सस्तो, टिकाउ र वातावरणमैत्री मानिन्छ । लुलाङ, मुदी, मुना, दर, खोरिया, लम्सुङ, ताकम, धारापानीमा घर निर्माणका लागि नर्जा र सागबारीको स्लेट प्रयोग भए पनि ढुवानीको समस्याले बजार क्षेत्रमा पठाउन नसकिएको स्थानीयवासीले बताएका छन् ।

व्यवस्थित र व्यावसायिक हिसाबले स्लेट खानी सञ्चालन गर्नसकेमा गाउँपालिका, वडाका लागि आम्दानीको स्रोतका साथै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना हुने वडाध्यक्ष विकले बताए ।

स्लेट खानी सञ्चालनमा आउने हो भने वार्षिक करोडौँ मूल्य पर्ने स्लेट निकासी गर्न सकिने र सयौँले रोजगारी पाउने अवस्था रहेको छ । यातायात र विद्युत्को सुविधा भएमा आधुनिक उपकरणको प्रयोग गरेर स्लेट खानी सञ्चालन गर्न सकिने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । रासस

 

पार्किङ शुल्क बढाउँदै जनतालाई मर्का पार्ने तयारी

काठमाडौं, ६ साउन । सवारी साधनको चाप बढिरहँदा काठमाडौं महानगरपालिकाले (कामपा) काठमाडौंको मुख्य क्षेत्रमा पार्किङ शुल्कलाई करिब ५ गुणा सम्म बढाउने

यसरी उल्टिए प्रधानमन्त्री र गृहमन्त्रीका निर्णय 

हिजोआज देश जस्तो अवस्थाबाट गुज्रिरहेको छ, त्यसको प्रमुख र एउटैमात्र कारण हो सरकार। जो आफैं निर्णय गर्छ र आफैं उल्टाउँछ।  साउन ३ देखि यो सरकार छैटौं

गत वर्ष रु ७० मा बेचेको आँपको मूल्य यसवर्ष प्रतिकिलो रु १०, निरास छन् किसान

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान

अब सुविधासम्पन्न बसमा सौराहा–पोखरा–सौराहा, भाडा १५००

  चितवन, ३२ असार । सौराहा–पोखरा–सौराहा रुटका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा आउने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक