प्राइम बैंकको ६२ औं शाखा स्याङजाको मिर्मीमा  

स्याङजा,३० वैशाख । प्राइम कमर्सियल बैंक लिमिटेडको ६२ औं शाखा स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नं ७ स्थित मिर्मीमा आइतबारदेखि सञ्चालनमा आएको छ । 

बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहका बीच सो शाखाको आईतबार नै उद्घाटन गरेपछि सञ्चालनमा आएको हो। उद्घाटनका अवसरमा सञ्चालक विष्टले जनताको पहिलो रोजाईको बैंक बन्ने लक्ष्यका साथ काम गरिरहेको र निकट भविष्यमै बैंकले देशका विभिन्न ठाउँमा १४ वटा भन्दा बढी शाखा खोलेर बैंकिङ सेवा दिने योजना रहेको जानकारी दिए।

यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा दिइयो । बैंकका शाखा प्रवन्धक लोकवहादुर कुँवरका अनुसार गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, निर्माण आदि क्षेत्रमा कर्जा प्रवाह गरी ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउनेछ । साथै कालीगण्डकी विद्युत आयोजनामा कार्यरत कर्मचारीहरुको लागि पनि आवश्यक सेवा उपलब्ध गराइनेछ ।

उद्घाटन समारोहमा कालीगण्डकी गाउँपालिकाका प्रमुख खिमबहादुर थापा वडा अध्यक्ष मुक्तिप्रसाद भट्टराई लगायत मिर्मी र आसपासका स्थानीय जनताको ठूलो उपस्थिति थियो ।

अवसरमा दिइएको जानकारी अनुसार निजीक्षेत्रका बैंकमध्येमा उत्कृष्ठ ८ औं स्थानमा रहेको यस बैंकले ७५ अर्ब भन्दा बढी निक्षेप संकलन गरी ६७ अर्बभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ । बैंकले स्थापनाकालदेखि नै उत्पादनशील क्षेत्रमा प्राथमिकताका साथ कर्जा प्रवाह गरिरहेको जनाइएको छ । 
 

बर्डफ्लू संक्रमित क्षेत्रमा उच्च सतर्कता

चितवन, ८ जेठ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त

बर्डफ्लूका कारण लाखौंको नोक्सान

सरल संवाददाता चितवन, ८ जेठ । चितवन जिल्लामा हालै देखिएको बर्डफ्लुका कारण कृषकहरुले करिब ७० लाख रुपैंया बराबरको नोक्सान व्योहोर्नु परेको छ । गत

ठगी गर्ने ट्याक्सी चालकलाई कारबाही शुरु

काठमाडौँ, ७ जेठ ।  ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गर्ने उद्देश्यले जनशक्ति बढाएको छ । पहिले १५÷२० जनाको संख्यामा जनशक्ति

 दुबईबाट नेपालको बाटो हुँदै भारतमा ७ केजी सुन तस्करी

काठमाडौं, ६ जेठ । साढे ३३ किलो सुन तस्करीको घटनाले देश नै तरङगित भइरहेको बेला विदेशी नागरिकहरुले नेपालको एयरपोर्ट प्रयोग गर्दै ७ केजी सुन तस्करी गरी