‘विवेकशील साझा पार्टी ईयूको पैसामा चलखेल गर्छ’

काठमाण्डौ,२९ वैशाख । नागरिक अगुवा भनी परिचित  डा.सुन्दरमणि दीक्षितले पूर्व पत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले युरोपियन युनियनको पैसा खाएर नेपालमा गतिविधि गरिरहेको आरोप लगाएका छन्।

शनिबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै दीक्षितले भने –‘ओली–मोदीको युरोपियन युनियन र क्रिश्चियनहरूले विरोध गरेका हुन्,उनीहरुले पनि डलर र पाउण्ड धेरै खाएकाले विरोध गरेका हुन्।’

‘विवेकशील साझा पार्टीका नेताहरूमध्ये धेरै व्यक्तिको शरीर यहाँ मन विदेशमा छ’, डा.दीक्षितले भने, ‘हिन्दूत्व र वुद्धत्व तथा ओमकार परिवारलाई ठोक्नलाई युरोपियन युनियनको आर्थिक लगानीमा यहाँ आएका हुन् ।’

‘रविन्द्र मिश्रजीहरू कहाँबाट सञ्चालित छन् ? युरोपियन युनियनले नेपालमा प्रगति होइन धर्म परिवर्तन मात्रै चाहन्छ । यसमा उहाँहरु सहयोग गरिरहनु भएको छ । उसको योजना तिब्बतलाई ठोक्ने हो । हिन्दूधर्मलाई कमजोर बनाउन लागेको छ’, डा.दीक्षितले भने, ‘डलर खन्याएर नेपालमा भाँडभैलो मच्चाउन चाहन्छन् ।’ हिन्दूधर्ममाथि आक्रमण गरेर युरोपियन युनियनले तिब्बतलाई ठोक्न चाहेको दीक्षितको आरोप छ।

निर्वाचनमा रविन्द्र मिश्रहरुको क्रियाकलापले विदेशीबाट सञ्चालित भएको पुष्टी भएको उनको दाबी छ ।

दीक्षितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जारी नेपाल भ्रमणले विग्रिएको नेपाल–भारतसम्बन्धमा ठूलो सुधार भएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै दीक्षितले प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा देखाएको तदारुकता र सम्वादहरूले दुई देशबीचको सम्बन्धमा सुधार हुने बताए ।

दीक्षितले ओलीले नेपाल–भारतको सम्बन्ध सुधारका लागि कुनै कसर बाँकी नराखेको भन्दै केही तत्व भने सम्बन्ध विगारेर फाइदा लिन तल्लिन रहेको तर्क गरे।

‘दुई मुलुकबीचको सम्बन्ध बिगारेर केही तत्वले फाइदा लिन चाहन्छन् । केपी ओलीले त्यस्ता तत्वहरूको योजनालाई बिफल बनाइदिनुभएको छ’ – दीक्षितले भने ।दीक्षितले ओली–मोदीको विरोध गर्नेहरू युरोपियन युनियनबाट सञ्चालितहरू रहेको आरोपसमेत लगाएका छन् । युरोपियन युनियनले नेपालमा धार्मिक असंहिष्णुता र द्वन्द्व निम्ताएर फाइदा लिन सक्रिय रहेको उनले बताए ।


 

\'ओली सरकार सर्वसत्तावादतिर जाँदैछ\'- कांग्रेस नेता कोइराला

नेपालगंज । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले शान्तीपूर्ण प्रदर्शनमा समेत बल प्रयोग गरेर निरंकुश शाही  शासनको झझल्को दिएको बताएका छन्। उनले

 यसकारण पूरा हुनुपर्छ डा. केसीका माग

मानिस कतिसम्म अविवेकी र निकृष्ट हुनसक्छ भन्ने तथ्य खोज्न सामाजिक सञ्जालका भित्ता हेरे पुग्छ । डाक्टर केसीमाथि अपशब्द बर्साउनेहरुको मनोदशा देखेर

शक्तिशाली नेताहरुलाई मार्सीले पखाला लागेपछि...

फागुनमा मार्सीको भात खुवाइयो र असारमा त्यसको गुन तिरियो, लाभ लिइयो । यो कुनै आरोप होइन र बाघ कराउने र बाख्रो हराउने संयोगमात्रै पनि भएन । एकै ठाउँ

गोली चलाएको भन्ने हल्ला झुुठो : उपप्रधानमन्त्री

विराटनगर, ५ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्