सुशील कोइराला फाउन्डेशन र एनआरएनवीच सहकार्यको सम्झौता

काठमाडौं । सुशील कोइराला फाउन्डेसन र एनआरएनवीच नेपालको शिक्षा ,स्वास्थ्य ,खेलकुद लगायत क्षेत्रमा सहकार्य गर्न अमेरिकामा सम्झौता भएको छ। फाउन्डेसनका सदस्य सचिब अतुल कोइराला र एनआरएनका अध्यक्ष भवन भट्टले यही मे १० मा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

अमेरिकाको मेरिल्याण्ड,बाल्टिमोरमा सम्झौतामा हस्ताक्षर भएपछि अमेरिकावासी नेपाली र फाउन्डेसका पदाधिकारीवीच अन्तरक्रिया पनि आयोजना गरिएको थाहा भएको छ। 

नेपालका पूर्व प्रधानमंत्री तथा नेपाली कॉग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोईरालाको नाममा फाउन्डेसनको स्थापना बिसं २०७३ असोज २३ भएको हो ।

फाउन्डेशनका सदस्य सचिव अतुल कोईराला अमेरिकाको भ्रमणमा रहेको अवसरमा फाउन्डेसनबारेमा जानकारीमुलक छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको आयोजना एनआरएनए मेरिल्याण्ड शाखाको पहलमा भएको थियो । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा संरक्षक रहेको उक्त फाउनडेसनमा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अध्यक्ष छन्।  फाउन्डेसनले एनआरएनए अन्तर्राष्ट्रिय समितिआईसीसीसँग सहकार्यको सम्झौता गरेको छ।

 एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले सुशील कोईराला गणतान्तिक नेपालको संबिधानका पिता भएको हुनाले उनलाई राष्ट्रले नै राष्ट्रिय महत्वका प्रधानमन्त्रीको स्थान दिनुपर्ने बताए । पोख्रेलले वहा नेपाली कांग्रेसको मात्र नभएर सारा नेपालले नै सम्मान दिनुपर्छ र मेमोरियल फाउन्डेसन को त्यहि अनुरूप बिकास गरिनुपर्ने बताएका थिए ।

 फाउन्डेशनका सदस्य सचिव अतुल कोईरालाले हाम्रो यो पारिवारिक तथा नेपाली कॉंग्रेसको मात्र होईन कि सारा राष्ट्रको लागि नै सामाजिक बिकासको लागि स्थापना भएको थिंक ट्यांक भएको प्रस्ट पारेका थिए । उनले सामाजिक बिकास र नागरिकको प्रगति गर्ने उदेश्यबाट स्थापना भएको फाउन्ढडेसनलाई राजनीतिक दृष्टिले हेर्न नहुने बताए ।

फाउन्डेसनका संस्थापक सदस्य पूर्व राजदुत डा दिनेश भट्टराईले फाउन्डेसनको उद्देश्यमाथि थप प्रकाश पारेका थिए।   एनआरएन अन्तर्राष्ट्रीय समितिका संस्थापक उपाध्यक्ष डा श्याम कार्कीले पनि फाउन्डेसनका बारेमा चर्चा गरेका थिए। 
 
 

चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए। जागिर

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल गए 

  काठमाडौँ, ३ साउन  । महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको

 धामीले दिएको सल्लाहले रोकिएन सम्बन्ध बिच्छेद  

सल्यान, २९ असार । पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा

अविरल वर्षातले भक्तपुर र थिमि डुबानमा

भक्तपुर, २८ असार ।  गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।  हनुमन्ते खोलामा आएको बाढीका