दरवार ढलेको कथा 

दरवार ढलेको कथा 
किन सुनाउँछ्यौ ठुली 
दरवार ढलेपनि तरवार ढलेको छैन 
जातको तरवार ठुली जातको तरवार ।

दरवार ढलेको कथा 
किन सुनाउँछ्यौ ठुली,

एउटा दरवार ढलेर के भो 
न तिम्रो घरवार फेरियो
न मेरो घरवार फेरियो 
फेरियो त नयाँ वादशाहको पुरानो लुगामात्र ।

दरवार ढलेको कथा 
किन सुनाउछ्यौ ठुली,

नयाँ दरवारका सुसेलीले 
मेरो स्वतन्त्रता धरापमा पर्दैछ 
भो अव ईतिहासका कुरा धेरै नगर 
परिवर्तनको सपना बाँड्ने 
चटकेहरूको पटके बाचाको भर नपर 
आफ्नै खुट्टामा उभिएर बाँच्नेहरूको 
आशावादी कथा सुनाउ ठुली !

दरवार ढलेको कथा किन सुनाउँछ्यौ ठुली !

२७ वैशाख २०७५ 
वनस्थली, काठमाण्डौ ।

शरद् र निशालाई पुत्रलाभ

 काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा निशाले छोरालाई जन्म दिएकी हुन् । निशाले

 बालगायक अशोक दर्जीलाई चर्चामा ल्याउने को हुन् पर्दा पछाडिका अभियन्ता

उर्लाबारी, २ जेठ । सामाजिक सञ्जाल अनि यूट्यूवमा यतिबेला झापा दमकका बालगायक अशोक दर्जिको चर्चा शिखरमा छ। दर्जीको पहिलो गीत “मन बिनाको धन ठूलो कि धन

 खप्तडमा नेपाल र भारतका लेखक भेला हुने

काठमाडौं, २६ वैशाख । सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक र आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा

 धनका गरीब स्वरका धनी छन् नितेश

उर्लाबारी, २६ वैशाख । मोरङ मिक्लाजुङ २ शाखारेका नितेश राईको लक्ष्य सफल गायक बन्ने रहेको छ । १५ वर्षिय उनी स्थानीय विद्यालयमा १० कक्षामा पढ्दैछन् ।