खप्तडमा नेपाल र भारतका लेखक भेला हुने

काठमाडौं, २६ वैशाख । सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक र आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको सो महोत्सवमा नेपाल र भारतका विभिन्न कवि, चिन्तक, योगी एवम् धार्मिक व्यक्तित्वहरुको सभागिता भइरहेको आयोजकले बताएका छन्।

    त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरु प्रदर्शन गरिने उक्त महोत्सवको जेठ १० खप्तडकै पूर्णाप्रति सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ बताउँछन् ।

पर्यटकीय क्षेत्र खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महतव उजागर हाम्रो लक्ष्य हो । यसका लागि यो पटक अलिक फरक हिसाबले खप्तड महोत्सवको आयोजना भएको हो– प्रभातले भने । उनले भने – भारतबाट आउने पर्यटकले खप्तडको धार्मिक र सांस्कृतिक अनुभूति गर्न सकून।

    खप्तडको महोत्सवमा सहभागी हुन काठमाडौंबाट युवराज नयाँघरे, जयदेव भट्टराई, गीता कार्की, अश्विनी कोइराला, बाबा बस्नेत, ठाकुर बेलबासे, सन्ध्या पहाडी लगायतका साहित्यकारको सहभगिता हुने प्रतिष्ठानले जनाएको छ । यसैगरी भारतका विभिन्न प्रान्तबाट साहित्यकार आउने पनि प्रतिष्ठानले बताएको छ ।
 

  यस वर्षको जी सिनेमा अवार्ड काठमाडौंमा हुने

काठमाडौं । चर्चित फिल्मी पुरस्कार जी सिनेमा अवार्ड वितरण गर्ने स्थल यो वर्ष नेपाल छानिएको छ । भारतकै लोकप्रिय मानिएको जी सिनेमा अवार्ड वितरण

यसरी सम्झिईए गायक अरुण

काठमाडौँ, ६ साउन । करोडौँ मुटुहरुको ढुकढुकी नेपाल......’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित

के सञ्जुले सञ्जय दत्तलाई सफाइ दिएको हो?

  बलिवूड अभिनेता सञ्जय दत्त भारतकै सबैभन्दा विवादास्पद चलचित्र अभिनेता हुन्। रक्सी र लागुऔषधको उनको कुलत, उनका प्रेम सम्बन्धहरू र आतंकवादसम्बन्धी

 बेलायतमा गुञ्जियो नेपाली कविता 

काठमाडौँ, १७ असार । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ ।  प्राकृतिक र