ब्लड ग्रुप पत्ता लाउने वैज्ञानिकको जन्मदिन

काठमाडौं, ३१ जेठ। आज जुन १४ विश्व रक्तदाता दिवस । ब्लड ग्रुप पत्ता लाउने वैज्ञानिकको जन्मदिन परेकोले यसैदिनलाई संसारभर विश्व रक्तदाता दिवस मनाईन्छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ हो । त्यही कारण उनको सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाता महानुभावको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पु¥याउँदै आएको छ ।

नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ । त्यो मागलाई नेपालको ७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा पु¥याउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा पु¥याउँदै आएको रेडक्रसले जनाएको छ ।

विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ ।

देशको सबै भागमा जनचेतना फैलाउने उद्देश्यले विश्व रक्तदाता दिवसको राष्ट्रिय कार्यक्रम विभिन्न जिल्लामा हरेक वर्ष मनाउने क्रममा यस पटक चितवन जिल्लामा विभिन्न सांस्कृतिक झाँकी सहितको जनचेतना ¥याली, रक्तदान विषयमा लोकदोहोरी गीत प्रतियोगिता, बृहद् रक्तदान कार्यक्रमलगायत विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन लागेको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डाक्टर मनिता राजकर्णिकारले बताईन्।

रगत नपाए भक्तपुर जानु भन्ने उद्गारलाई स्वयम्सेवी रक्तदाताको सहयोगमा भक्तपुरले कायम गरिरहेको छ । स्वयम्सेवी रक्तदाताको यो सहयोगलाई हरेक वर्ष विशेष रुपमा सम्झने गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापा बताउँछन्।
हरेक वर्ष जस्तै धेरै पटक रक्तदान गर्ने सङ्घसंस्था, व्यक्ति लगायतका रक्तदानमा सहयोग पु¥याउने सबैलाई जुन १४ को अवसरमा सम्मान गर्न परम्परा रहेको छ ।

विश्वविद्यालय, मेडिकल काउन्सिल र अख्तियारलाई मिलाउने यस्तो रहेछ तरिका

"हरिश न्यौपाने (चितवन मेडिकल कलेजका अध्यक्ष) ले एमबिबिएसमा सिट संख्या बढाउन मेडिकल काउन्सिलको एउटै मान्छेलाई पटक पटक गरेर लगभग ६० करोड खर्च गरेका

 लुम्बिनी अस्पतालमा ‘सिकलसेल एनिमिया’का बिरामी 

बुटवल, २९ असार । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ

आँप खाऔं स्तन क्यान्सरबाट बचौं

अहिले आँपको सिजन । बजारमा अरुबेला भन्दा केही सहज मूल्यमा फलफुलको राजा मानिने आँप किन्न पाइन्छ । आँपको सेवनबाट हामीले सोच्दै नसोचेको फाइदा पाउन सक्छौ

एकै पटक धेरै काम गर्दा दिमागले प्रोसेस गर्न सक्दैन

भागदौडपूर्ण जीवनमा हरेक मानिससँग समयको अभाव छ । समयको अभाव देखाउँदै मानिसले एक पटक धेरै काम गर्न खोज्छ । तर अध्ययनले यस्तो गर्नु नोक्सानीपूर्ण हुने