अमेरिकी टि.भि. सो अब नेपालमा

सरल संवाददाता
काठमाडौं, १९ वैशाख । नृत्य मन पराउने नेपालीहरुको लागि बिबिएस स्टुडियोले बिबिसी ढाँचाको ‘डान्सिङ विथ द स्टार इन नेपाल’ नामक सो ल्याउने भएको छ । एएनसी प्रा.लि.ले स्थानीय प्रोडक्सन हाउससँग सम्झौता हालसालै सम्झौता गरेकोले यो पपुलर सो नेपाल आउने पक्का भएको हो ।

मंसीर महिना तिर टेलिभिजनमा हेर्न पाइने यो सो कुल २६ इपिसोडको हुनेछ । ‘डान्सिङ विथ द स्टार’ अमेरिकन डान्स कार्यक्रम विश्वमै चर्चित रियालिटि सो हो । यो विश्वको ५७ देशमा प्रसारित हुने गरेको छ ।

दक्षिण र दक्षिण पूर्वी एसिया क्षेत्रकी वरिष्ठ उपाध्यक्ष तथा महा व्यवस्थापक मिलिता आगा यस कार्यक्रम नेपाल आएकोमा खुशी व्यक्त गर्दै भन्छिन्, ‘हामी नयाँ सहयात्रीसँग काम गर्न उत्सुक छौं । हामीलाई विश्वास छ नेपालीहरुले यो कार्यक्रम मन पराउँछन् ।’

यो सो को फ्रान्चाइज एसियाको ८ देश थाइल्याण्ड, भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स, जापान, दक्षिण कोरिया र भियतनाम मा वितरण भइसकेको छ ।

नेपालमा पनि हाल यस्तो डान्सीङ रियालिटि सो हरु दिनदिनै लोकप्रिय हुँदै गइरहेकोले ‘डान्सिङ विथ द स्टार’ जस्तो विश्वस्तरीय कार्यक्रम आउनाले नृत्य क्षेत्रमा राम्रो प्रोत्साहन हुने विश्वास रहेको बताइएको छ ।

 

 गायक सुगम किन पुगे अमेरिका

काठमाडौं । युवा स्रोतावीच निकै रुचाईएका गायक सुगम पोखरेल लामो बसाईका लागि अमेरिका पुगेका छन् । उनी करिब दुई महिना त्यहाँ बस्दा विभिन्न सांगीतिक

मनिषा कोइराला भारतमा सम्मानित

काठमाडौं, १७ वैशाख । नायिका मनिषा कोइराला भारतमा आयोजित दादा साहेब फाल्के फिल्म फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ‘भारतीय फिल्मकी मस्ट

 गायिकाकै घर गएर फ्यान निदाएपछि....

काठमाडौं, ९ वैशाख । अमेरिकी गायिका टेलर स्वीफ्टको एक फ्यान उनको घरभित्र पसेर निदाउन पनि भ्याएको न्यूयोर्क पुलिसले जनाएको छ ।  रोजर अल्भारादो नाम

एशियालीको खर्च वाईनिङ र डाइनिङमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । अमेरिकामा बस्ने विभिन्न मूलका व्यक्तिहरुको खर्च गर्ने बानी माथि गरिएको एक अध्ययनले १६ प्रतिशत एशियालीहरुले आफ्नो