मनिषा कोइराला भारतमा सम्मानित


काठमाडौं, १७ वैशाख । नायिका मनिषा कोइराला भारतमा आयोजित दादा साहेब फाल्के फिल्म फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ‘भारतीय फिल्मकी मस्ट भर्सटाइल नायिका’ अवार्डबाट सम्मानित भएकि छिन् ।

सन् १९९४ देखि बलिउड फिल्ममा लागेकि मनिषाले भारतीय फिल्म क्षेत्रप्रति गरेको योगदानको कदर गर्दै यो सम्मान दिइएको बताइएको छ ।
मुम्बईमा आयोजित कार्यक्रममा अवार्ड पाएपछि मनिषाले भनिन्, ‘मलाई एकदम राम्रो लागिराखेको छ । म आज यहाँ भएकोमा अति नै सम्मानित महसुस गर्दै छु ।’  

मनिषाले १९४२ः अ लभ स्टोरी नामक चलचित्रबाट बलिउड करियरको सुरुवात गरेकी थिइन । उनको अकेले हम अकेले तुम, दिल से, मन जस्ता सफल चलचित्रबाट भारतीय चलचित्र क्षेत्रमा गहिरो छाप छोड्न सफल भएकि हुन् । उनले विगतमा पनि दर्जनौं चलचित्र अवार्डहरु जितिसकेकी छिन् । (एजेन्सीको सहयोगमा)

 

बिक्रम र ज्योतिको स्वरमा आयो तीज गीत

 काठमाडौं । यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै मेसोमा बिक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच

भारतीय अभिनेत्री पाण्डे भन्छिन– भगवान् बुद्ध नेपालमै जन्मिएका हुन्

काठमाडौँ, ३१ असार । नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकार पुनम पाण्डेले भगवान् बुद्ध नेपालमा जन्मिएको बताएकी छिन् ।  रुसमा जारी विश्व कप

पुनम पाण्डे भन्छिन– भगवान् बुद्ध नेपालमै जन्मिएका हुन्

काठमाडौँ, ३१ असार । नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकार पुनम पाण्डेले भगवान् बुद्ध नेपालमा जन्मिएको बताएकी छिन् ।  रुसमा जारी विश्व कप

गुडियालाई स्तनपान गराएको भन्दै अमेरिकी मोडलको आलोचना 

अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले आफ्नो बच्चासँगै गुडियालाई पनि स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको आलोचना सुरु भएको छ