अमेरिकन पेस्तोल र लागूऔषधसहित सात भारतीय पक्राउ

विराटनगर: प्रहरीले ठूलो परिणामको लागूऔषध र हतियारसहित सात भारतीय नागरिकलाई मंगलबार राति पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा एक महिला पनि छन् । विराटनगर ४ नोबेल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट राति साढे ८ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा विहारस्थित अररिया जिल्लाको वथनाहा–४ का २४ वर्षीय रोहितकुमार शर्मा, अररिया फारविसगन्ज–२ का ३० वर्षीय प्रमोद भनिने विनोद यादव, अररिया मिल्की डुमरिया–९ का १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलमदेवी यादव, अररिया सिमराहाका २६ वर्षीय प्रकाशकुमार दास, अररिया रानीगंजका ३३ वर्षीय रन्जितकुमार शर्मा, अररिया बरारभत नाजा–७ का ४० वर्षीय सुरज नारायण यादव रहेका छन् । निलमदेवी विनोदको पत्नी भएको खुलेको छ । 

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पक्राउ पर्ने मध्ये प्रमोद भनिने विनोद यादवको साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ६ राउण्ड गोली पनि बरामद भएको छ । 

विनोद बीआर ३८ एफ १२२८ नम्बरको मोटरसाइकलमा सवार थिए । पक्राउ परेकाहरुले भारतबाट ल्याउँदै गरेको एक हजार सात सय ७५ एम्पुल एभिल, पाँच सय एम्पुल डाईजेल्याब, एक हजार सात सय ७६ चक्की एपास्मोप्रोक्सिभन, सात सय २५ ट्याब्लेट नाईट्रोसन, पाँच सय २५ एम्पुल लुपिजेसिक, एक सय २५ एम्पुल फेनारगन र १३ बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद भएको जानकारी बिसीले दिए । 

उनीहरुले लागूऔषध र हतियार ओसारपसारमा प्रयोग गर्ने गरेको बीआर ३८ एफ १२२८, बीआर ३८ एच ४०५० र बीआर ३८ डी ५२२६ नम्बरको तीनवटा भारतीय मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

साथबाट चारवटा साम्सुङ कम्पनीका मोवाइल, एउटा आइटेल मोवाइल र एउटा माइक्रोम्याक्स मोवाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । एसपी बिसीका अनुसार पक्राउ परेका सात जनाबाट नेपाली ८१ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । 

पक्राउ परेका सबैविरुद्ध लागूऔषध ओसारपसार तथा हातहतियार खरखजना मुद्धा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

म्याद थप गरिएपछि प्रहरीले उनीहरुलाई सार्वजनिक पनि गरेको छ । बिसीले पक्राउ परेकाहरु भारतमा विभिन्न अपराधिक गतिविधीमा संलग्न भएको हुन सक्ने र पछिल्लो समय नेपालतर्फ लागूऔषध र हतियार ‘सप्लाई’ गर्ने धन्दामा संलग्न भएको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको बताए । (कान्तिपुर दैनिकबाट ।)

बालकृष्ण ढुंगेललाई नियम मिचेर रिहा गरिदै

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय

दुई वर्षमा प्रधानमन्त्रीको सम्पत्ति कति बढ्यो ?

प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती

प्रधानमन्त्रीको चीन भ्रमणमा वाणिज्यका १४ एजेन्डा

प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार पारेको छ। वाणिज्यले तयार पारेका एजेन्डामा

विदेशीमाथि कडा निगरानी गरिने

विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी