एन्फालाई साधारण सभा र निर्वाचन गर्न बाटो खुल्यो

काठमाडौं, १२ वैशाख । बुधबार पाटन उच्च अदालतले एन्फा विरुद्ध परेको रिटमा अन्तरिम आदेश खारेज हुने निर्णयगरेसँगै अखिल नेपाल फुटवल संघ (एन्फा) लाई वैशाख २२ गते साधारण सभा र निर्वाचन गर्न बाटो खुलेको छ ।

यसअघि एन्फाको भक्तपुर र मकवानपुर जिल्ला संघले एन्फाको निर्वाचनमा सहभागि हुन पाउनुपर्ने मागराखि पाटन उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। लगत्तै अदालतले १५ दिनभित्र दुबै पक्षलाई अदालतमा उपस्थित हुने आदेश जारी गरेको थियो ।

बुधबार न्यायाधीश प्रकाश कुमार ढुंगाना र विष्णु प्रसाद कोइरालाको संयुक्त इजलासले पहिला अदालतबाट साधारण सभा नगर्न जारी भएको अन्तरिम आदेश खारेज भएको हो । एन्फाले दुबै संघको निर्वाचन गराइ विवाद मिलाएकोले पनि अदालतबाट एन्फालाई अघि बढ्न बाटो खुलेको हो ।
यसअघि पटक पटक विभिन्न बहानामा सरेर पुनः चैत १४ गतेलाई एन्फा निर्वाचन समितिले तोकेको निर्वाचन मिति अदालतको निर्णयसँगै सरेको    थियो । 

अब साधारण सभामा कुल ७७ प्रतिनिधि हुनेछन् । ४५ जिल्ला संघबाट एकएक, ए डिभिजन क्लबबाट १४, बि डिभिजन क्लबबाट ९ र सी डिभिजन क्लबबाट ५ जना प्रतिनिधि हुनेछन् । त्यस्तैगरी खेलाडि, प्रशिक्षक, रेफ्रि र महिला आयोग समितिहरुबाट एकएक गरी ४ प्रतिनिधि हुनेछन् । कर्मा छिरिङ शेर्पा र मणी कुँवर एन्फा अध्यक्षका प्रत्यासी हुन् । 
 

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य