विश्वविख्यात गल्फर टाइगर उड्ससँग नेपाली चेली

काठमाडौं, १२ वैशाख । देशकै पहिलो महिला प्रोफेशनल गल्फर बन्ने सपना बोकेकी नेपाली चेली प्रतिमा शेर्पा हालै अमेरिकामा विश्वकै उत्कृष्ट गल्फर टाइगर उड्ससँग गल्फ खेलेकी छन् । प्रतिमाले मंगलबार उड्ससँग गल्फको प्रोफेशनल ज्ञान हासिल गर्ने मौका पाएकी हुन्। एकैदिन भएपनि विख्यात गल्फरसँग खेल सिक्ने सुवर्ण अवसर पाउने उनी भाग्यमानी खेलाडी भएकी छन्।

खेल प्रशिक्षण लगत्तै उड्सको प्रतिक्रिया यस्तो थियो–‘प्रतिमा अद्भुद छिन्’। उड्सले भनेका छन्– ‘मैले उनकाबारेमा पढें र म अचम्मित भएँ। उनीसँग भेट्न र कुरा गर्ने मौका पाउनु खुशीको कुरा हो। उनको खेलयात्रा र सम्भावित खुशी देख्न पाएकोमा मलाई साह्रै राम्रो लागेको छ ।’

उड्सले प्रतिमासँग आफ्नो फोटो ट्वीटरमा हाल्दै उनको प्रशंसा पनि गरेका छन् । उनले भनेका छन्, ‘प्रतिमाको लगनशिलता, कडा मेहनत र दृढ विश्वासबाट हामी सबैले धेरै सिक्न सक्छौं ।’

एक वर्ष अगाडि गल्फ डाइजेष्ट पत्रिकामा १८ वर्षिय प्रतिमाको देशकै पहिलो महिला प्रोफेशनल गल्फर बन्ने सपनासम्बन्धी लेख पढेर उड्सले प्रतिमाबारे थाहा पाएका थिए । उनका बारेमा थाहा पाएपछि टाइगर उड्सले रोयल नेपाल गल्फ क्लब मार्फत् प्रतिमालाई प्रोत्साहित गर्दै पत्र लेखेका थिए । प्रतिमा भन्छिन्, ‘टाइगर उड्सको पत्र पाउँदा म चकित नै भएँ । यसले मलाई थप राम्रो खेल्ने प्रेरणा मिल्यो ।’ 

प्रतिमाका आमाबुवा दुबैजना रोयल नेपाल गल्फ कोर्सको मैदानमा मजदुरी गर्दछन् । नजिकै गल्फ कोर्स भएको कारण मात्र उनले यो खेल देख्ने र सिक्ने मौका पाएकी थिइन् । 

अमेरिकाको माइक र तान्या मोन्टानोले प्रतिमाको बारेमा थाहा पाइ उनको खेलको विकास होस् भन्ने हेतुले प्रतिमालाई अमेरिकामा विभिन्न जुनियर लेभलको गल्फ टुर्नामेन्ट खेल्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव स्वीकार्दै उनि अघिल्लो वर्ष अमेरिका गइ उनीहरुसँगै फ्लोरिडामा बस्दै आएकी  थिइन् । प्रतिमालाई मोन्टानोका छोरी सोफियाले पनि गल्फको थप कौशल सिकाएकी थिइन् । सोफिया अमेरिकाको कलेज स्तरीय गल्फको अनुभवी खेलाडि हुन् ।

नेपाली चेली प्रतिमालाई उड्ससँग गल्फको ज्ञान लिने प्रबन्ध चाहिं इएसपिएनका टम रिनाल्डी र क्रिष्टन लाप्पासले मिलाएका थिए ।
‘यो मेरो जीवनको उत्कृष्ट दिन हो’ प्रतिमा भन्छिन्, ‘टाइगर उड्ससँग भेट्न पाएकोमा म असाध्यै खुशी छु ।’ (एजेन्सीको सहयोगमा।)

सन्दीप लामिछाने आज ४ः१५ मा काठमाडौं ल्याण्ड हुने

सरल संवाददाता काठमाडों, ८ जेठ । अप्रिल महिनाको ७ तारिख देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) २०१८ मा सहभागि भइ नेपालमा लेग स्पीनर सन्दीप

दंग छन् सन्दीपको परिवार

 चितवन, ८ जेठ । लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) मा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि

सन्दीपको ३ विकेटसँगै दिल्ली ११ रनले विजयी

काठमाडौं, ६ जेठ । आईपिएलमा मुम्बई इन्डीयन्स विरुद्ध ११ रनको जित दर्ता गर्दै दिल्ली डेयरडेभिल्सले आईपिएलको सुखद अन्त्य गरेको छ ।   टस जितेर ब्याटिङ

दिल्लीले मुम्बईलाई दियो १७५ रनको लक्ष्य

सरल संवाददाता काठमाडौं, ६ जेठ । आईपिएलमा मुम्बई इन्डीयन्स विरुद्ध आफ्नो अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको दिल्ली डेयरडेभील्सले