अझै १ महिना मुद्दतीको ब्याज ११ प्रतिशत मात्रै

काठमाडौं, ११ वैशाख । नेपाल बैंकर्स एशोशिएशनको सोमबार बसेको बैठकले मुद्दती निक्षेपमा ११ प्रतिशत र बचत खातामा बढिमा ८ प्रतिशत मात्र ब्याज दिने ३ महिनाको अघिको निर्णयलाई निरन्तरता दिने सहमति गरेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुले बजारमा पर्याप्त तरलता भएको बताएपनि बैंकरहरुले तरलता केहि सहज भएपनि मनग्य नभएकोले ३ महिना अघिको निर्णयको निरन्तरतानै हितमा रहेको कुरा छलफलबाट निष्कर्ष निकालेका छन् ।

तरलताको अभावमा ३ महिना अघि बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा भइ बजारको तरलता आकर्षित गर्न ब्याजदरलाई अस्वभाविक रुपमा बढाइएको थियो । बैंकले लिएको निक्षेपको ब्याज बढेपछि स्वतः बैंकले जारी गरेको ऋणमा ब्याज बढ्ने हुँदा यसले ऋणीलाई पनि मर्का पर्ने तथा अर्थव्यस्थालाई दीर्घकालीन असर पार्ने भन्दै बैंकर एशोशियशनले उक्त निर्णय गर्नु परेको जनाएको थियो ।

बैंकहरुले आफ्नो निर्णयको बचाउ गरेपनि लगानीकर्ताहरु यो निर्णयलाई बैंकले ब्याज बढ्न नदिन तथा खुला बजारलाई ब्याज निर्धारण गर्न नदिइ बजार नियन्त्रण गर्ने उद्देश्यले सिण्डीकेट गरेको आरोप पनि लगाएका छन् । साना तथा नयाँ बैंकहरुले पनि सबै बैंकमा एकैथरी ब्याजदर भएमा बचतकर्ताले ठूला र पुराना बैंकलाई रोज्ने हुँदा यो निर्णय गलत भएको बताएका थिए ।

बैंकर्स एशोशियशनले सम्बद्ध बैंकहरुसँग सहमति गरेको एक हप्तापछि एनआईसी एसिया बैंकले तरलताको अभाव हटाउन उक्त सहमति लत्याउँदै मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने घोषणा गरेको थियो । ११ प्रतिशत भन्दा बढि ब्याज नदिने निर्णयको विरुद्धमा गएको भन्दै एनआइसी एसिया बैंकसँग कुनै कारोबार नगर्न अन्य कमर्सियल बैंकहरुलाई बैंकर्स एशोशियशनले निर्देशन नै दिएको थियो । 

बर्डफ्लू संक्रमित क्षेत्रमा उच्च सतर्कता

चितवन, ८ जेठ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त

बर्डफ्लूका कारण लाखौंको नोक्सान

सरल संवाददाता चितवन, ८ जेठ । चितवन जिल्लामा हालै देखिएको बर्डफ्लुका कारण कृषकहरुले करिब ७० लाख रुपैंया बराबरको नोक्सान व्योहोर्नु परेको छ । गत

ठगी गर्ने ट्याक्सी चालकलाई कारबाही शुरु

काठमाडौँ, ७ जेठ ।  ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गर्ने उद्देश्यले जनशक्ति बढाएको छ । पहिले १५÷२० जनाको संख्यामा जनशक्ति

 दुबईबाट नेपालको बाटो हुँदै भारतमा ७ केजी सुन तस्करी

काठमाडौं, ६ जेठ । साढे ३३ किलो सुन तस्करीको घटनाले देश नै तरङगित भइरहेको बेला विदेशी नागरिकहरुले नेपालको एयरपोर्ट प्रयोग गर्दै ७ केजी सुन तस्करी गरी