युएस बांग्ला जहाज दुर्घटनाः नेपालको प्रतिवेदनमा प्रश्न ?

काठमाडौं, १० वैशाख । काठमाडौं एयरपोर्टमा फाल्गुण २८ को दिन युएस बांग्ला एयरको जहाज दुर्घटना भएको विषयको प्रारम्भीक प्रतिवेदनमा सम्बन्धित एयरलायन्सका अधिकारीहरुले प्रश्न उठाएका छन् । आइतबार बंगलादेशको ढाकामा आयोजित पत्रकार सम्मेलनमा नेपाली पक्षले बनाएको प्रारम्भीक रिपोर्ट विरोधाभासपूर्ण भएको दाबी गरिएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त जहाज दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । सो दुर्घटनापछि १ महिनाभित्र प्रारम्भीक रिपोर्ट बनाइसक्नु पर्ने अन्तर्राष्ट्रि नागरिक उड्डयन संगठनको नियामानुसार नेपालको दुर्घटना जाँचबुझ आयोगले २६ चैत्रमा ५ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन दुर्घटना भएको ड्याश–८ क्यू४०० मोडलको जहाज एयर ट्राफीक कन्ट्रोलसँग संचार गर्न चाहिने स्तरको नभएको तथा पाइलटले ल्याण्डिङको क्रममा गल्ती गरेको र एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको  जस्ता तथ्य सार्वजनिक भएको थियो ।

नेपालको यस प्रतिवेदन प्रति प्रश्न उठाउँदै युएस बांग्लाका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफ भन्छन्, ‘हामीलाई यससँग सम्बन्धीत सबै प्रति विश्वास भएपनि प्रतिवेदनमा लेखिनुपर्ने सबै विषय आएको छैन, हामी यसलाई अस्वीकार त गर्दैनौं तथापी यस प्रतिवेदनमा धेरै विरोधाभाष छ । ’


युएस बांग्लाले ट्राफीक कन्ट्रोलको भ्रमित पार्ने खालको निर्देशनको विषयमा प्रतिवेदनले केहि नलेखेको कुराले ‘अचम्मीत बनाएको’ भनेको छ । विगतमा पनि युएस बांग्लाका सम्बन्धीत अधिकारीहरु नेपालको एयरपोर्ट ट्राफीक कन्ट्रोलले स्पष्ट निर्देशन नदिएको कारण दुर्घटना भएको दाबी गर्दै आएका थिए । त्यस्तैगरी ट्राफीक कन्ट्रोल रुममा कार्यरत ६ कर्मचारीलाई सरुवा गरेको विषयले सशंकित पारेको बताउँदै केहि लापरवाही नभइ यस्तो कदम चाल्नु अस्वभाविक छ भनि दाबी गरेका छन् ।

नेपाली प्रतिवेदनमा खोट लगाउने क्रममा इमरानले भने , ‘उद्धारकर्मीहरु २ मिनेट भित्र पुगियो भनिएको छ, हामीले प्रत्यक्षदर्शी र घाइतेहरुसँग कुरा गरेका थियौं, यति छिटो पुगेको भए त्यस्तो घटना हुँदैनथ्यो ।’

सो पत्रकार सम्मेलनमा इमरानले क्याप्टेन अबिद सुल्तानको मानसिक अवस्था र थकित भएको भन्ने टिप्पणीको खण्डन गरेका थिए भने को–पाइलट पृथुला रसिदको बचाउ गर्दै दुबैजना नियमको परिधीभित्र रहि अनुभव भएका कर्मचारी भएको दाबी गरेका थिए ।

दुर्घटनाको पूर्ण अनुसन्धान जारी रहेको र घटनाको मुख्य कारण अन्तिम प्रतिवेदन आएपछि मात्रै थाहा हुने तथा उक्त जहाजको भोइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर विश्लेषणको लागि क्यानडा पठाइसकेको कुरा २९ चैत्रमा नै बंगलादेशको नागरिक उड्डयन संघको आयोगको प्रतिनिधी सलाउद्दिन एम रहमतुल्लाहले पत्रकार सम्मेलमा जानकारी दिएका थिए ।

 

 

 

नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला, सबैले पाउँछ भन्ने छैन

काठमाडौं, १० जेठ । हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई

काम पूरा नगर्ने कम्पनीको नाम संकलन

खजुरा, बाँके, १० जेठ । बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ । गृहमन्त्रीको विशेष

डडेल्धुरा सदरमुकाममा खानेपानी अभाव,विकल्पको खोजी छैन

  डडेल्धुरा, १० जेठ  । डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

विराटनगर, १० जेठ । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा आज