अवैध गर्भ फाल्न खोज्दा झन्डै गयो ज्यान

पाँचथर,९ वैशाख । औषधि सेवन गरेर ७ महिनाको गर्भ फाल्न खोज्दा पाँचथरकी एक युवतीको झन्डै ज्यान गएको छ । उनले चारदिन अघि घरैमा गर्भ फाल्ने औषधि सेवन गरेकी थिइन् ।

अचानक पेट दुख्यो भन्दै रोइकराई गर्न थालेपछि २६ बर्षिया ती युवतीलाई परिवारले एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पु¥याएका थिए । उपचारको क्रममा चिकित्सकले ‘उनको पेटमा बच्चा छ’ भन्दा परिवार आश्चर्यमा परेको परिवारका एक सदस्यले बताए । अस्पताल पु¥याएको केही समयपछि उनले बच्चा जन्माएकी थिइन् । बच्चा केहीबेरमा मरेको बताइएको छ । केही समय मात्र अस्पताल ल्याउन ढिलो गरेको भए उनको ज्यानै जाने खतरा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ती युवती १७ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा जोर्डन गएकी थिइन् । युवतीका अनुसार त्यहाँ एउटै कम्पनिमा काम गर्ने राजवंशी समुदायका एक नेपाली युवकसँग उनको प्रेम बस्यो र शारीरिक सम्बन्ध पनि भयो । त्यसै क्रममा गर्भ बसेपछि दुबैको सल्लाहमा नेपाल आई गर्भ फालेर पुनः जोर्डन फर्कनेगरी उनी करीब दुई साता अघि नेपाल आएकी थिइन् ।

काठमाण्डौंमै गर्भ फाल्ने औषधि किनेकी उनले घर पाँचथर आएपछि घरैमा औषधि सेवन गरेकी थिइन् । जसले झन्डै उनको ज्यान लियो । आफ्नो प्रेमीको थर राजवंशी हो भन्ने थाहा भए पनि उसको खास नाम र नेपालको ठेगाना समेत थाहा नभएको ती युवतीले बताइन् । गर्भ फालेर पुनः जोर्डन फर्कि केही पैशा कमाएर नेपाल आई बिवाह गर्ने सल्लाह भएको उनको भनाई छ ।

हाल उनको प्रहरी निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ती युवती उपर भ्रुण हत्या अभियोगमा कानुनी प्रक्रिया अगाडि बढाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नो श्रीमानको सवारी दुर्घटनामा मृत्यु भएपछि पाँच बर्षे छोरालाई घरमै छाडेर उनी पैशा कमाउन १७ महिना अघि जोर्डन पुगेकी थिइन् ।

नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला, सबैले पाउँछ भन्ने छैन

काठमाडौं, १० जेठ । हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई

काम पूरा नगर्ने कम्पनीको नाम संकलन

खजुरा, बाँके, १० जेठ । बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ । गृहमन्त्रीको विशेष

डडेल्धुरा सदरमुकाममा खानेपानी अभाव,विकल्पको खोजी छैन

  डडेल्धुरा, १० जेठ  । डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

विराटनगर, १० जेठ । ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा आज