ज्येष्ठ नेता गुरुङले फिर्ता लिए देउवालाई दिएको समर्थन

काठमाडौं,९ वैशाख । वीपी कोइरालाका शीष्य एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता कुलबहादुर गुरुङले स्थानीय निकायको हारलाई गम्भीरतापूर्वक लिएर समीक्षा नगर्दा पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेकोमा चिन्ता व्यक्त गर्दै सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । 

उनले अहिले जारी केन्द्रीय समितिको बैठकमा आईतबार लिखित धारणा समेत राखेका छन् । उनले यो हारबाट कांग्रेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो साख र लोकप्रियता गुमाएको उल्लेख गरेका छन्। उनले सभापतिका रुपमा शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिँदै सबै तहको समिति विघटन गरी चाँडै महाधिवेशनबाट नयाँ नेतृत्व छान्नसमेत सुझाएका छन्। देउवा सभापतिको उम्मेदवार बन्दा गुरुङ प्रस्तावक बसेका थिए।

नेता गुरुङले कांग्रेसले स्थापनाकालीन नीति तथा बिपी कोइरालाले अवलम्बन गरेको विचार र चिन्तन छोड्दा यो दुखदायी अवस्था आइपुगेको बताउँदै नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिंदै कांग्रेसले कहिले उग्रवामपन्थीहरुसँग र कहिले उग्रदक्षिणपन्थीहरु अंकमाल गरेकोमा चिन्ता व्यक्त गरेका छन् । केन्द्रीय सदस्य गुरुङले कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न संभव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको बीरता र किसुनजीको आदर्शको बाटोबाट पार्टीलाई अगाडी लैजान आफूसँग जाँगर र आँटरहेको भन्दै सभापति देउवालाई चुनौति दिएका छन्।

(नेता गुरुङको लिखित धारणा यस्तो छ–)

 नेपाली काँग्रेस, केन्द्रीय कार्यसमितिको जारी वैठकमा प्रस्तुत मेरो 
विचार र राजनीतिक प्रस्तावहरू


श्रीमान सभापतिज्यु,

   पदाधिकारी एवम् सदस्यज्युहरू,    

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति,    

     वी पी स्मृति भवन, सानेपा, ललितपुर । 
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको यो महत्वपुर्ण वैठकमा मेरो निम्न अवधारणाहरु प्रस्तुत गर्दछु । 

१.    नेपाली कांग्रेस आफ्नो लामो गौरवमय ईतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ति र कमजोरीहरुलाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा नेपाली काँगेसले नराम्रोसंग पराजय भोग्नु परेको छ । निर्वाचनमा भएको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तराष्ट्रिय  जगतमा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर रहेको छ । 

पार्टी पराजयका विषयमा आज केन्द्रिय समितिको यो वैठकमा समीक्षा भैरहदा यो पराजयको कारण नेपाली कांग्रेसले अवलम्वन गरेको अहिलेको नीतिले होकि, हामीहरुको कार्यशैलिको कारणले हो वा नेतृत्वको अक्षमताले हो ? भन्ने विषयमा गम्भिर रुपमा छलफल हुनु पर्ने थियो, तर दुभाग्य त्यस तर्फ हाम्रो गंभीरता देखिएको छैन । अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वी.पी. कोइरालाले अवलम्वन गर्नु भएको विचार र चिन्तनलाई छोडेको कारण  नेपाली कांग्रेस आजको यो दुःखदायी अवस्थामा आइ पुगेको हो भन्ने मेरो निस्कर्ष रहेको छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिंदै हामी कहिले उग्रवामपन्थीहरुसंग अंकमाल गर्न पुग्यांै भने कहिले उग्रदक्षिणपन्थीहरुसँग । सिद्धान्त ,निस्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो । यसको सुरुवात कहाँवाट भयो ? र के आज हाम्रो ऐतिहासिक गौरवशाली पार्टी यो दुराअवस्थामा आई पुग्नुको कारण पार्टीको सैद्धान्तिक विचलन हो ? यस तर्फ हामी कहिल्यै गंभीरु भएनौं । जारी केन्द्रीय कार्यसमितिको वैठकमा पार्टी पराजयको विषयमा समीक्षा गर्न छलफल गरिरहँदा कार्यसमितिका साथीहरू पराजयको विषयमा गहिराईसम्म पुगेर स्वतन्त्र एवम निष्पक्ष ढङ्गले समीक्षा गरी पार्टीलाई गतिशील वनाउन प्रयास गर्ने भन्दा एक एकले अर्कालाई दोष मात्र थोपरेर आफु चोखो बन्ने प्रवृत्ति देख्दा म अत्यन्त मर्माहित भएको छु ।


पार्टी विधान अनुसार ११ जनाको बनाउनु पर्ने संसदीय समितिलाई २५ जनाको वनाउदा पनि हामी सबै मौन रह्यौं । जिल्लावाट सिफारीस नगरीएका व्यक्तिहरुलाई टिकट दिंदा र एक ठाउँवाट सिफारीस गरिएका व्यक्तिलाई अर्को ठाउँमा टिकट दिंदा हामी कोही वोलेनौ । कार्यसमितिको कुरै छोडौ संसदीय समितिमा पनि छलफल नै नगरी भागवण्डाका आधारमा टिकट वितरण गर्दा कार्यसमितिको साथीहरूको भूमिका के रह्यो ? विधान विपरित वनेको संसदीय वोर्डका सवै सदस्यहरूले आँफैले टिकट लियौं तर दुर्भाग्य मुस्किलले चारजनाले मात्र जित्यौं, यो भन्दा लज्जाको विषयको अरू के हुन सक्छ ? आँफै टिकट वाँड्ने, आँफै टिकट लिने र आँफु आफनो क्षेत्रमा जित्न पनि नसक्ने, अनि पराजयको दोषजती अर्काको टाउकोमा पन्छयाएर हामी उम्कन सक्दछौं ? यो पराजयको जिम्मेवारी संसदीय वोर्डका सवै सदस्यहरू र यो केन्द्रीय कार्यसमितिले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।

२.    ६०/४० को भागवण्डामा वाँडिएको पार्टी एकजुट हुनेछ, पार्टी व्यक्तिवादी प्रवृत्तिलाई त्याग गरेर समग्र रूपमा नेपाली काँग्रेस हुनेछ, नेपाली काँग्रेस भित्र नेपाली काँग्रेस खोज्ने परिस्थितिको अन्त्य हुनेछ, काँग्रेसबाट मेरो र तेरो भन्ने भेदको समाप्ति हुनेछ, पार्टी अनुशासित, विधि अन्तरगत चल्ने दल हुनेछ, पार्टीमा पद र पैसाको राजनीतिको आधारबाट हुने राजनीतिको अन्त्य भै निष्ठा सदाचार र आदर्शको मान्तयतामा आधारित देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने परिपार्टीको विकास हुनेछ, पार्टीको मूलभुत सिद्धान्तहरू राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एवम् वीपीको विचार र चिन्तन व्यवहारमा लागु गर्न, यसलाई थप विकसित गर्दै संरक्षण एवम् प्रवर्धन गर्नेछ भन्ने विश्वास लिएर श्री शेरबहादुर देउवाजीलाई, विगतमा उहाँले केही गल्ती गरेको भए तापनि नेपाली काँग्रेसबाट नै जन्मे–हुर्केको कार्यकर्ता भएको नाताले पार्टीलाई वीपीको आदर्श नीति र चाहना अनुसार अगाडी लग्नु हुनेछ भन्ने भरोशा गर्दै पार्टीको १३ औं महाधिवेशनमा मेैले उहाँलाई पार्टीको सभापतिमा प्रस्तावित गरेको कुरा यो कार्यसमिति वैठकलाई स्मरण गराउन चाहन्छु ।

१३ औं महाधिवेशनमा म समेत देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय वनेका शेरबहादुर देउवाजीले हाम्रो विश्वास र पार्टीको सिद्धान्त विपरित पार्टीमा अझ व्यापक रूपमा गुटलाई प्रोत्साहित गर्ने, पार्टी विधान बमोजिम दुई महिना भित्र पदाधिकारी प्रस्ताव गरी मनोनयन गर्ने, विभागहरू गठन गरी पार्टीलाई परिचालन गर्ने कार्यमा सभापतिले पूर्ण रूपमा व्यवास्ता गरी पार्टीलाई ध्वस्त बनाएको, पार्टीका भातृसंस्थाहरूलाई सशक्त वनाइ परिचालन गर्न नसकेको, स्थानीय तहको निर्वाचनका क्रममा चितवनको भरतपुर नगपालिकामा पार्टीको सिद्धान्त, नीति विपरित पार्टीको कार्यसमितिलाई पनि छलेर देउवाजीको सत्ता केन्द्रित मोहबाट अभिप्रेरित भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीलाई जिताउन हँसिया हथौडामा भोट मागेको, प्रजातान्त्रिक मूल्य र मान्यता एवम् स्वतन्त्र न्याय पद्धति प्रति पार्टीको अटुट आस्था र विश्वासको भावनामा चोट पुग्ने गरी पार्टी सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बनेका देउवाजीको क्रियाकलापबाट स्वतन्त्र न्यायालयको गरिमा प्रति पुग्न गएको चोट, सभापति र सभापतिका हैसियतमा प्रधानमन्त्री बने पछि बीबीसी साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गंभीर क्षति लगायतको कार्यबाट १३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक वसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु । अतहः मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्वाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको वैठकलाई दुःखपुर्वक सुनाउँदछु । 

३.    पार्टी पराजयको यो अत्यन्त गंभीर अवस्थामा त्यसको समीक्षा गर्न वसेको केन्द्रिय कार्यसमितिको वैठकले यसका यथार्थ कारणहरु पत्ता लगाउने भन्दा समस्यालाई पन्छाउने उद्देश्यले केवल महाधिवेसन वा महासमितिको वैठकको कुरा उठाइएको हो भन्ने मलाई महशुस भएको छ । एक हप्ता देखि जारी यो केन्द्रीय कार्यसमितिको वैठकले नेपाली कांग्रेसको पराजयको विषयमा यथार्थपरक ढङ्गबाट समीक्षा गर्न असमर्थ रहने अवस्थामा त्यसको समीक्षा महाधिवेशन वा महासमितिबाट संभव रहँदैन । पार्टीको तीनै तहमा भएको लज्जाष्पद पराजयको सम्पुर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । देशमा संविधानसभाबाट जारी संविधानको प्रवाधान बमोजिम नयाँ पुनर्गठित जिल्ला, नगर र गाउको संरचनामा परिवर्तन भएको हँुदा राष्ट्रको संवैधानिक व्यवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेसको विधानमा समयनुकुल परिमार्जन गरी सवै तहका समितिहरुलाई विघटन गरी तदर्थ समितिमा बनाई सबै तहको अधिवेसन आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमवाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो । 
४.    म २००७ सालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सकृय रहेको र २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा काठमाण्डौमा सहभागी भई गिरफतारी दिएको र  आजसम्म निरन्तर रुपमा पार्टीमा संलग्न हँुदै आएको पार्टीको एउटा बफादार सिपाहीं हु । मैले सदैव निष्टा ,आदर्श र सिद्धान्तलाई महत्व दिदै आएको छु । भोलिका दिनमा पनि म मेरा यी मान्यताहरुमा अडिग रहि रहने छु । जननेता वी पी कोईरालासंग निर्वासनमा बसेको र २०३३ साल पौष १६ गते वी  पी निर्वासनलाई परित्याग गरी नेपाल आउनु भन्दा अगाडि वी. पी. कोईरालाको ज्यान जोखिमबाट वचाउन मलाई पार्टी नेतृत्वले नेपाल पठाएको र तत्कालिन सरकारले मलाई मारे वी पी नेपाल नआउने र नमारेको अवस्थामा नेपाल आउने सर्तमा नेपाल आएको र पार्टी एवम् नेताको लागि ज्यानको  समेत पर्वाह नगरेको वी. पी. कोईरालाको एउटा सच्चा अनुयायी हुं, त्यसैले  त म आज पनि तपाईंहरुको अगाडि उभिएर यति वोल्न सकेको छु । 

नेपाली कांग्रेसको यो अत्यन्त नै गंभिर अवस्थाबाट पार्टीलाई बचाउन मैले आफ्नो उमेरको कुनै पर्वाह नराखी अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्ने खाँचो मैले महासुस गरेको छु ।  वर्तमान चुनौतिका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट आम प्रजातन्त्रवादी र  देशभरका    निष्ठावान 
कार्यकर्ताको भावना अनुसार पार्टीलाई परिवर्तन गर्न संभव नभएको अवस्थामा आइपरे पार्टीलाई यसका मौलिक सिद्धान्त र वीपी कोइरालाको विचार, सुवर्णजीको त्याग, गणेशमानजीको बीरता र  किसुनजीको  आदर्शको बाटोबाट पार्टीलाई अगाडी लैजान मसंग अझै पनि जाँगर एवम आँट छ भन्ने कुरा यो कार्यसमिति र कार्यसमिति मार्फत देशभरका कार्यकर्ताहरूमा हार्दिक अपील पनि गर्न चाहन्छु । अन्तमा म जिवन पर्यन्त देश, नेपाली जनता र नेपाली काँग्रेसमा निष्ठापूर्वक सदा समर्पित रही रहनेछु ।
– जय नेपाल !  

                                                  ....................................
                                               कुल वहादुर गुरुङ्ग
                                                  केन्द्रिय सदस्य 
९ वैशाख २०७५                                      नेपाली काँग्रेस, केन्द्रीय कार्यसमिति


 

 नेविसङ्घको कार्यकाल तीन महिना थप

काठमाडौँ, २ भदौ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ ।  नेपाली काङ्ग्रेसले नेविसङ्घको

 को हो भावी प्रधान न्यायाधीश मिश्र,राणा कि कार्की ?

काठमाडौं । सर्बोच्च अदालतको भावी प्रधानन्यायाधीशमा कसलाई सिफारिस गर्ने भन्ने बिषयमा सत्तारुढ दल नेकपाका दुई अध्यक्ष दुई पक्षमा बाँडिएका छन्।

संसदीय समितिका सभापति चयन : प्रतिनिधि सभाको भदौ १७ मा,राष्ट्रिय सभाको १३ गते

काठमाडौं,१ भदौ । सभामुख कृष्ण बहादुर महराले, प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरुको सभापति चयन भदौ १७ गते हुने जानकारी दिए। यसअघि भदौ ५ गते

जोशी प्रकरणमा यसरी चिप्लिएछ संसदीय सुनुवाई समिति

काठमाडौं । कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको संसदीय सुनुवाई विशेष समितिको निर्णय हेर्दा यस्तो प्रश्न उठ्छ- समिति कहाँ