अघिल्लो साता यस्तो रह्यो शेयर कारोबार

काठमाडौं, ९ वैशाख । अघिल्लो साता नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको पाँच दिन उकालो लाग्दा समग्रमा १०८.१६ अंकले बढेर १३८८.३१ अंकमा पुगेको छ । सो हप्ताको सुरुवातमा परिसूचक १२७७.५५ अंकमा थियो ।
 
आइतबार २.६ अंकले मात्र बढेको बजार, लगानीकर्ताको सकारात्मक सोचले सोमबारदेखि बिहिबारसम्म क्रमशः १७.४२, ३३.६१, ३१.८३ र २५.३ अंकले बढेको थियो ।
 
पूँजी बजारमा यो हप्ता १८१ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार ४४१५० कारोबारबाट चार अर्ब आठ करोड ८७ लाख ५७ हजार रुपैयाँ बराबरका ८८ लाख ५९ हजार चार सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३८.४६ प्रतिशत बढि हो । गत साता १८३ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार ३६७०५ कारोबारबाट दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका ८१ लाख ९८ हजार नौ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २१.०५ अंकले बढेर २९४.०३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१२ करोड ४२ लाख रुपैयाँ) को आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख २४ हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१७९७ वटा) को आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता ३ कम्पनीको डिवेन्चर (ऋणपत्र) र शेयर सुचीकृत भएको छ । एन आई सी एसिया डिबेन्चर २०८१/८२ सँगै सिटिजन्स म्युचुअल फण्ड १ र एन आई सी एसिया ग्रोथ फण्डको शेयर सुचिकृत भएको छ ।

त्यसैगरी नेपाल स्टक एक्सचेन्ज लि.ले शुक्रबार इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीका बारेमा अन्तर्किया क्रार्यक्रम पनि गरेको थियो। सो अवसरमा उक्त प्रणालीको ८२ प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिइएको थियो । १४ महिनाभित्र प्रस्तावित प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते भएको सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेको बताउँदै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले इन्टरनेटमा आधारित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकास हुने बताए ।

 

  घिसिङको कार्यकालमा इतिहासमै कम चुहावट, प्राधिकरणको खुद नाफा लक्ष्यभन्दा बढी 

काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले एक अर्ब एक

 हिमालय ड्रग कम्पनीको नयाँ क्रिम बजारमा 

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटरनिटि’ नाम गरेको छालाको हेरचाह  गर्ने क्रीमहरु बजारमा ल्याएको छ। यस युथ इटर्नि्टि रेन्जका क्रिमहरु

वाइडबडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला, मर्मतको घाटा अलग्गै

काठमाडौं । नेपाल वायुसेवा निगमले एक महिनाको बीचमा अन्तराष्ट्रिय विमानस्थलमा उतारेका एअरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सेरिजका वाईड बडीका

वाइड बडी खरिदमा अढाई देखि ३ अर्ब दलाललाई बढी तिरेको पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एअरबसले दिने मूल्यभन्दा अढाईदेखि ३ अर्ब रुपैया बढी मूल्य तिरेर कम क्षमताका दुईवटा वाइड बडी