क्रिकेटको गाँठो फुक्यो, आईसीसीको निलम्बन हट्ने

 काठमाडौं। बिहिबार सम्पन्न भएको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट गठित देशभरिका खेलसम्बद्ध व्यक्तिहरुको सल्लाहकार समुहद्वारा सिफारिस गरेको प्रस्तावहरुलाई हुबहु पास गरेपछि लामो समय देखि समस्याको रुपमा रहेको नेपाली क्रिकेटको गाँठो फुकेको छ ।


विशेष साधारण सभा बैशाख ६ र ७ को लागि तोकिएको भएपनि प्रस्तावित विधान पास भएसँगै सकिएको हो । आईसीसीले यस प्रस्तावलाई हुबहु पास गर्नुपर्ने प्रमुख शर्त भएको र यसो भएमा नेपाललाई लागि आएको निलम्बन फुकुवा हुने जनाएको थियो । क्यानको यो कदमपछि अब भारतमा बस्ने आईसीसीको बोर्ड बैठकमा नेपालको विषयमा छलफल हुने छ । त्यसैगरी आगामी जुलाईमा बस्ने आईसीसीको वार्षिक साधारण सभामा नेपालको निलम्बनको विषयमा छलफल गरी निर्णय गर्नेछ ।

यसअघि आईसीसीले नेपाल क्रिकेट संघ समक्ष विधान संसोधनको लागि शर्त राखेको थियो । विभिन्न पटकमा धेरै वार्ताहरु भएपनि क्यान सम्बद्ध अधिकारीहरुले विधानमा आफु अनुकुलको प्रावधान राख्न खोजेपछि नेपाल निलम्बनकै अवस्थामा रहेको हो ।  

आईसीसीको प्रतिनिधीको रोहबरमा बसेको यस सभाले आगामी निर्वाचनको लागि अनुगमन समिती बनाउने निर्णय पनि गरेको छ । विगतमा विवाद भएको विषय १७ केन्द्रिय सदस्यले निर्वाचनमा मताधिकार पाउने नपाउने भन्ने विषय पनि आईसीसीको चाहना अनुरुप भएको छ । अब ति केन्द्रिय सदस्यहरुले आगामी निर्वाचनमा मताधिकार पाउने छैनन् ।

आईसीसीको निलम्बनले नेपाली क्रिकेट ठुलो समस्यामा परेको थियो । क्यानको बैंक खाता रोक्का भएको तथा घरेलु प्रतियोगिता नहुने, खेलाडीको छनौट जस्ता कुनै पनि कुरा क्यानको सहभागिता बिना भएरहेको थियो । यस्तो अवस्थामा एकदिवसिय मान्यता पाएको नेपाली क्रिकेटले कुनै गति लिन सकेको थिएन । क्यानको कुन पक्ष आधिकारीक भन्ने मुद्दा पनि अदालतमा विचाराधीन छ , नेपाली क्रिकेट सम्बद्ध व्यक्तिहरु त्यसमा पनि अब सबै पक्ष मिलेर समाधानको बाटो निकाल्नु पर्ने देख्छन् ।

 

सन्दीप लामिछाने आज ४ः१५ मा काठमाडौं ल्याण्ड हुने

सरल संवाददाता काठमाडों, ८ जेठ । अप्रिल महिनाको ७ तारिख देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) २०१८ मा सहभागि भइ नेपालमा लेग स्पीनर सन्दीप

दंग छन् सन्दीपको परिवार

 चितवन, ८ जेठ । लेग स्पीनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) मा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि

सन्दीपको ३ विकेटसँगै दिल्ली ११ रनले विजयी

काठमाडौं, ६ जेठ । आईपिएलमा मुम्बई इन्डीयन्स विरुद्ध ११ रनको जित दर्ता गर्दै दिल्ली डेयरडेभिल्सले आईपिएलको सुखद अन्त्य गरेको छ ।   टस जितेर ब्याटिङ

दिल्लीले मुम्बईलाई दियो १७५ रनको लक्ष्य

सरल संवाददाता काठमाडौं, ६ जेठ । आईपिएलमा मुम्बई इन्डीयन्स विरुद्ध आफ्नो अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको दिल्ली डेयरडेभील्सले