अक्सिजन मास्क लगाउन नजानेपछि......

काठमाडौं/ बैशाख ६ । इमर्जेन्सी ल्याण्डीङको क्रममा फ्लाइट अटेन्डेन्टले यात्रुहरुलाई अक्सिजन मास्क लगाउने तरिका तथा अन्य सुरक्षा सम्बन्धी विवरण बताएपनि धेरै यात्रुले गलत तरिकाले मास्क लगाएको फोटो सामाजिक सञ्जालमा आएको छ ।
 
१४४ यात्रु बोेकेको साउथवेष्ट एयरलायन्सको न्यूयोर्कबाट डाल्लासको लागि उडेको उक्त जहाज उडिरहेको बेला इन्जिन फेल भएपछि इमर्जेन्सी ल्याण्डीङ गर्नु परेको थियो । जहाज ४० हजार फिट सम्ममा हुँदा जहाजमा रहेको मास्कले अक्सिजन दिन्छ । क्याबिनको प्रेसर गिरेमा यात्रुहरुलाई अक्सिजनको आवश्कता पर्दछ । अक्सिजनको कमिले हाइपोक्सिया हुने हुँदा माक्स लगाएर यसबाट बच्न सकिन्छ ।  

अक्सिजन मास्क नाक र मुख छोप्ने गरी लाउनु पर्नेमा अधिकांस यात्रुहरुले मुखमा मात्र पर्ने गरी लगाएको तस्वीर देखिन्छ ।

उक्त जहाज ३२,५०० फिटको उचाइमा उडिरहेको बेला १ नम्बरको इन्जिन पड्केको थियो । इन्जिन पड्किंदा नजिकैको झ्यालको सिसा फुटेर जेनिफर रियोर्डन नामकी यात्रु त्यसमा अड्किएकि थिइन् । उनलाई अन्य यात्रुहरुले तानेर बाहिर ल्याएपनि उनको मृत्यु भएको थियो । (एजेन्सीको सहयोगमा)

 

रहेनन् पहिलो अश्वेत महासचिब कोफी अन्नान 

जेनेभा । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० बर्षका थिए।  घानामा जन्मिएका अन्नान

 अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी ।  एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली

  स्नायूशक्ति ध्वस्त पार्ने औषधिले मारिएका थिए कीम जोङ  

क्वालालम्पुर । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा

रोमन क्याथोलिक चर्चका धर्मगुरुद्वारा १ हजार बालबालिकामाथि यौन दुर्व्यवहार  

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती