म ‘सेल्फ वर्न सिंगर’ हुँ- ओमबिक्रम बिष्ट 

ओमबिक्रम बिष्ट नेपाली पप संगीतका संस्थापक हुन् भन्दा अतिसयोक्ति हुँदैन । उनी यतिबेला गम्भीर स्वास्थ्य समस्यासँग जुध्दै अमेरिका प्रवासमा छन्। उनको उपचारका लागि नेपाली समाज जुटेको छ तर उपचारको काम सकिएको छैन। 

पप सम्राट ओमबिक्रम बिष्टले नेपाली संगीतको दुई धार पप र आधुनिक गीतलाई एउटा उचाई दिए । प्रशिध्द साहित्यकार दौलत बिक्रम बिष्टका छोरा जो नेपाली संगीतका एक सम्मानयोग्य र अमूल्य दौलत नै हुन् । ‘म मौनतामा, मेरो याद अझै, न भनिदेउ’ जस्ता थुप्रै कर्णप्रिय गीत छन्,जसले गायक तथा संगीतकार बिष्टलाई पटक पटक सुन्न वाध्य बनाउँछ । सरल पत्रिकाले केही महिना पहिले पपसम्राटसँग उनको संगीत यात्राकाबारे लामो संवाद गरेको थियो । यतिबेला उनै पपसम्राटसँगको संवाद यहाँ पुनप्रकाशित गरिएको छ । अरु उनकै शव्दमा–   

आजकल के गर्दै हुनुहुन्छ ?

आजकल खासै त्यस्तो केही छैन । नेपाल आयो फेरी बिदेश गयो । प्राय मेरो कन्र्सट बिदेशमा नै हुन्छ । यसपाली चाहि म अमेरिकाबाट अस्ट्रेलिया र अस्ट्रेलियाबाट सिधै नेपाल आएको हो । आएदेखि नै म बिरामी भएँ । चिसोलागेर घरमै आराम गरेर बस्नु पर्यो । अहिले नयाँ एल्वम गर्दै छु ‘मनको कुरा’ भन्ने ।

कहिले देखि गाउन थाल्नुभएको ?

१० वर्षको उमेर देखि गाउन थालेको ४५ वर्ष नै हुन लाग्यो ।

कस्तो महसुस गर्नुहुन्छ यत्रो वर्ष पपसम्राटको रुपमा आफुलाई पाउँदा ? 

  जसरी पपसम्राट भनेर श्रोताहरुले सम्मान गरेका छन् त्यो अनुसारको सम्मान सरकारबाट अहिलेसम्म पाइएको छैन । मेरा श्रोताहरुले मलाई माया गर्नुहन्छ र मेरो गीत सुन्नुहुन्छ त्यहि नै हो मेरो सम्मान हो । 

नेपालमा पप गीतको शुरुवात कसरी भयो ?

एउटा कुरा पप गीत भन्ने त मैले कहिले गाउँदै गाइन । मैले गाउँदा वेस्ट टचको बाजाहरु हुन्थे । मेलोडी मेरो आफ्नै हुन्थ्यो । एरेन्ज म आफैं गर्थें । मैले गाएको गीत पृथक थियो । मैले गाउने गीतमा भिन्दै किसिमको रचना हुन्थ्यो । रचना मात्र नभएर गायन बाजा र प्राय कुराहरु हुन्थे । मेरो गीतलाई अत्याधुनिक गीत भन्ने पनि गरियो । 

पप गीत नै रोज्नुको कारण ? 

त्यो बेलामा पप भन्ने नै थिएन । मेरो गीतलाई अत्याधुनिक गीत भनिन्थ्यो । अहिले दश पन्ध्र वर्ष पछि पप गीत भन्न थालिएको हो । मलाई त यसलाई अत्याधुनिक गीत भने नै राम्रो हुन्छ जस्तो लाग्छ । 

अहिलेसम्म कतिवट गीत गाउनु भयो ? 

मैले त्यस्तो धेरै गीत गाएको छैन । मैले जतिपनि गीत गाएँ त्यसमा ९० प्रतिशत हिट नै रहे । तर आज एउटै ‘म मौनता’ मात्र बज्छ । मेरो प्राय बिदेशमा प्रस्तुत गर्ने गीतहरु नै धेरै डिमाण्ड हुन्छ । म अब त्यहि पुराना गीतहरुलाई रिमेक्स गरेर बजारमा ल्याउने तरखरमा छु । बजारमा ल्याएर पनि के गर्ने अरु भन्दा पनि पुराना गीतहरुलाई रिमेक्स गरेर श्रोताहरु माझ ल्याउने मेरो एउटा इच्छा पुरा हुन्छ ।

तपाईंलाई मन पर्ने आफैंले गाएको कुन गीत हो ? 

मैले जन्माएको छोराछोरी मलाई सबै मन पर्छन् । यो त्यो भन्ने छैन । एउटा मात्र गीत भएको भए मलाई यो मन पर्छ भन्थें तर धेरै गीतहरु छन् र सबै हिट छन् । त्यसैले यही मन पर्छ भन्ने छैन । 

देश र बिदेशमा कतिवटा स्टेज शो गर्नुभयो त ?

मेरो प्राय गरेर बिदेशमा मात्र हुन्छ कन्र्सट । भर्खरै मैले लण्डनमा रहेको सबैभन्दा ठूलो टप हल ‘रोयल अलवर्ट’ मा भूकम्प पीडितको  सहयोगका लागि भनेर भव्य कार्यक्रम गर्यौं । मैले क्यानाडा, अमेरिका, अस्ट्रेलिया र युरोपका १२ वटा देशमा स्टेज शो गरेको छु । म प्राय एकल कार्यक्रम मात्र गर्छु ।

स्टेज शो गर्दा केही त्यस्ता सम्झन लायक घटना घटेका छन् त ? 

धेरै पुराना पुराना कथाहरु छन् । शेर्पा सोसाइटि नामक एक संस्थाले मेरो कार्यक्रम आयोजना गर्दा एउटा यस्तो घटना घटेको छ कि कुरै नगरुँ । कार्यक्रममा बिभिन्न कलाकारहरु उपस्थित भएका थिए । कार्यक्रम एकदमै राम्रो भइरहेको थियो । तर अचम्मको कुरा के भयो भने मैले गीत गाएँ र दोस्रो चोटि गीत गाउने बेला संगीत ठ्याकै बन्द भयो । गीत नै बजेन । धेरै चोटि प्रयास गर्दा पनि गीत बजेन । पछि हेर्दा त कसैले कैंचीले तार नै काटिदिएको रहेछ । 

तपार्इंले गीत गाउने बेलाको आर्थिक अवस्था कस्तो थियो ? 

कहाँ अहिले जस्तो हुनु र । त्यो बेला त हामीले सौखले गाउँथ्यांै स्टेज शोमा । हामीले जति पनि स्टेज शो गर्थ्यांै पैसा आउला भनेर कहिले गरेनौं । म त आफ्नै खल्तीको पैसा खर्च गरेर यहाँबाट बिराटनगर, धरान, दार्जिलिङ, कालेम्पोङ, सिक्किम गएर कन्र्सट गर्दै हिड्थें । कहिं कतै फाइदा पनि भयो र कहिं कतै घाटा पनि भयो ।

अहिले र पहिलेको गीत संगीतको तुलना कसरी गर्नु हुन्छ ?

मैले पहिला रेर्कडिङ गर्ने बेलामा यति गाह्रो थियो कि च्यानल सिस्टममा गाउन पर्थ्यो । ट्रयाक भन्ने थिएन । बाजा एकचोटि बजे पछि हामीले त्यही एकचोटि मै गीत गाउनु पर्ने हुन्थ्यो । कुनै बाजा बिग्रियो अथवा मैले खोकें अथवा कसैले खोक्यो भने पनि पुरै गीत फेरी रेर्कडिङ गर्नु पर्थ्यो । यति दुःख गरेर हामीले रेर्कड गर्थ्यांै त्यो बेलामा । अहिले त ट्रयाक सिस्टम छ । गायकहरुलाई यति सजिलो भएको छ कि एउटा सानो कुरा मिलेन भन्यो त्यहि एक टुक्रा रेर्कडिङ गर्यो । बिच बिचमा जोडेर गर्ने बानी । च्यातिएको लुगालाई सिउँदै लगेको जस्तो गरेर अहिलेका गायकहरु गीत गाउँछन् । हाम्रो बेलामा मोनो सिस्टममा रेर्कड हुन्थ्यो । हाम्रो लागि रेडियो नेपाल मात्र थियो । रेडियो नेपालले नै हामीलाई बनायो । अहिले र त्यसबेलाको बाजाहरु नै फरक छन् । रेकर्डिङको स्तर नै फरक छ । अहिले गीत संगीतबाट आम्दानी पनि राम्रै हुन्छ । पहिला हामीले एउटा गीत गाए बापत पाँचसय, हजार पाउथ्यांै तर अहिले एउटा गीत गाउँदा बीस तीस हजार पाउँछन् । अझ अहिले बिदेशमा एउटा स्टेज शो मात्र गर्यो भने पनि राम्रो नै आम्दानी हुन्छ । अहिले राम्रो छ तर प्रतिस्पर्धा धेरै छ । अहिलेका गायक गायिकाहरु भनेको आज आयो भोली छैन जस्ता छन् । अहिलेका गायकहरुमा आफ्नोपन भन्ने छैन । बिशेष गरेर भारतीय स्टाइलका गीतहरु गाउँछन् । कर्मसियल गीतहरु बढि गाउन थालेका छन् । एकैछिन उफ्रिने नाच्ने गीतहरुमात्र गाउन थाले । अलिकति गाह्रो अलिकति दुःख गरेर गाउने गीतहरु छन् तर मेहनत कसले गर्ने !

तपाईँको समकालिन कलाकार को को हुनुहुन्छ त ?

मेरो समकालिन भनेको खासमा त म मात्रै हो त्यो बेलाको । त्यसपछि उदित नारायण झा, मधु क्षेत्री, शम्भुजित बाँस्कोटा आएका हुन् । 

समकालिन पुस्ताका गायकमा को बढि मन पर्छ ? 

समकालिन पुस्ताको गायकमा दीप श्रेष्ठ मलाई मन पर्छ । उहाँँको गीत अलि बडि नै सुन्छु । 

तपाईँलाइ मन पर्ने अरु गायक ?

बच्चु कैलाश, प्रेमध्वज प्रधान, नारायण गोपाल मलाई मन पर्ने गायक हुन् । 

तपाईँले गाउन शुरु गर्दा र आजको दिनसम्म नेपाली संगीतको मूल्यांकन गर्दा, सबैभन्दा महत्वपूर्ण समय कहिलेलाई मान्नुहुन्छ ?

१९८० देखि १९९० लाई मेरो एउटा गोल्डेन समय भन्छु । गीतहरु ननस्टप हिट भए  । दश वर्षमा मैले करिब एक हजार भन्दा बढि कार्यक्रम गरें होला । यो नै मेरो गोल्डेन दिन थियो ।   

तपाईंको बुुवा त प्रख्यात उपन्यासकार हुनुहुन्थ्यो , किन बुबा कै बाटो समात्नु भएन, संगीत मै आउनु भयो ?

त्यो त मेरो आफ्नो इच्छा हो । उहाँको बाटोमा नै लाग्नु पर्छ भन्ने पनि त भएन । सायद बुवाको जस्तो प्रतिभा मेरोमा नभएर पनि हो कि । बुवाले २३ वटा किताब लेख्नुभयो । मलाई त म ‘सेल्फ वर्न सिंगर’ हुँ जस्तो लाग्छ । अब अलिकति उमेर पनि भयो तर अहिले पनि म गाउन चाहि सक्छु है !
 
 


 

\'रेल सर्वे तुरुन्त प्रारम्भ हुन्छ\'

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको

ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने