आईपीएलमा खेल्न पाउलान् त सन्दीपले ?

काठमाडौं । नेपाली क्रिकेट टिम डिभिजन २ प्रतियोगिताको तयारीको क्रममा युएईमा हुँदा सन्दीप लामिछानेलाई पहिलो ड्राफ्टमै दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा खरिद गरेपछि नेपाली क्रिकेट वृत्तमा सनसनी मच्चिएको थियो । विश्व क्रिकेटका अब्बल खेलाडिहरु पनि सोही लिलामी प्रक्रियामा भएपनि नेपाल जस्तो क्रिकेटमा बिस्तारै अघि बढ्दै गरेको देशबाट बैदेशिक खेलाडी कोटामा सन्दीप पर्नुले पनि अन्तर्राष्ट्रिय स्तरमा यो खबरले राम्रै चर्चा पायो ।

आईपीएलको प्रत्येक खेलमा हरेक टोलीले जम्मा ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाउने नियम भएकोले पनि दिल्लीले सन्दीपलाई किन्नु चर्चाको विषय बनेको थियो । दिल्लीको टोलीमा ट्रेन्ट बोल्ट, डेनियल क्रिश्चीयन, ग्लेन म्याक्सवेल, क्रिस मोरीस, कोलिन मुन्रो, लायाम प्लन्केट, ज्यासन रोय र कागीसो रबाडा जस्ता हस्तीहरु हुँदा हुँदै सन्दीपले खेल्ने मौका पाउलान् त ? यो प्रश्न उतिबेला उठिसकेको थियो ।

दिल्ली डेयरडेभील्सले अहिलेसम्म आईपीएलको उपाधी जित्न सकेको छैन वा भनौं पहिलो संस्करणमा राम्रो प्रदर्शन गरेपनि बाँकी संस्करणमा खासै बलियो उपस्थिति देखाउन सकेको छैन । हाल रिकी पोन्टीङको प्रशिक्षणमा रहेको दिल्लीले यस संस्करणको लागि टि–ट्वेन्टी फरम्याट सुहाउँदो विदेशी तथा स्वदेशी खेलाडिहरु खरिद गरि टोलीलाई सन्तुलित बनाएको छ । यद्यपि आईपीएल जित्न यति कुरामात्र पर्याप्त छैन । यस प्रतियोगितामा खेलिएको ४ खेलमा १ मा जितेपनि ३ खेलमा दिल्ली हारीसकेको छ ।

सन्दीप लेगब्रेक बलर भएका कारण स्पीनरकै स्थानमा खेल्न पाउने छन् । स्पीनरहरु अमित मिश्रा र शहबाज नदिमले सोचे अनुरुप प्रदर्शन गरेका छैनन् भने राहुल टेवातियाको प्रदर्शन मात्र संतोषजनक छ। अमित मिश्रा पहिलो खेल पछि टोलीमा पुनः स्थान बनाउन संघर्षरत छन् । दिल्लीले ब्याटिङमा ठिकै गरेपनि बलिङको कारण खेलहरु गुमाइरहेको छ ।

आईपीएलको प्रत्येक खेलमा ४ जना विदेशी खेलाडी खेलाउन पाउने नियमको कारण दिल्लीले सन्दीपलाई खेलाउनासाथ एउटा ब्याटस्म्यान अथवा अलराउन्डर गुमाउनु पर्ने हुन्छ । ब्याटिङमा ज्यासन रोय र ग्लेन म्याक्सवेलको र बलिङमा ट्रेन्ट बोल्टको प्रदर्शन सन्तोषजनक नै छ । चौथो खेलाडिमा दिल्लीले क्रिस मोरीस र कोलिन मुन्रोलाई परिवर्तन गराइरहेको छ ।

त्यस्तैगरी भारतीय ब्याटस्म्यानहरु अवेश खान र मन्जोत काल्रा पनि टोलीमा स्थान बनाउन प्रयासरत छन् । यस्तो अवस्थामा दिल्लीले टोलीमा एकैसाथ दुई खेलाडि परिवर्तन गर्ने सोच बनाएको खण्डमा सन्दीपले खेल्ने अवस्था आउन सक्छ । कुनै एक विदेशी ब्याटस्म्यानको ठाउँमा भारतीय ब्याटस्म्यान खेलाएमा टेवातिया र सन्दीपको बलिङले स्पीनको जिम्मेवारी सम्हाल्ने मौका पाउँछ ।

धैरे आस गरिएका अन्तर्राष्ट्रिय पेस बलर कागीसो रबाडा घाइते भएका कारण प्रतियोगिता नखेल्ने निश्चित भइसकेको छ । यस्तो अवस्थामा दिल्लीले उपलब्ध खेलाडिबाट उत्कृष्ट सन्तुलन बनाउनुको विकल्प छैन ।

दोहोरो लिग फरम्याटमा अझै ४० दिन खेलिने भएकोले सन्दीपको आईपीएल खेल्ने सपना पुरा हुन सक्छ । हालसम्म आईपीएलको खेल खेल्न नपाएपनि सन्दीपले निरन्तर मेहनतका साथ थप खेलको ज्ञान प्राप्त गर्ने तथा खेलमा निखार ल्याउने प्रशिक्षण पाइरहेका छन् । दिल्लीले सन्दीपलाई आफ्नो टोलीमा राख्ने निर्णय त्यसै गरेको होइन । सन्दीपको उपयोग कुन बेला गर्ने भन्ने रणनीति दिल्लीको योजना पुस्तिकाको कुनै पानामा कोरिएको पक्कै छ ।

राजवंशीको ५ विकेट र पारसको शतक सहित नेपाल विजयी

काठमाडौं, ६ साउन । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पशायर हग्सलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्