कांग्रेसमा देउवा विरुध्द पौडेल र सिटौला एक हुँदै

 काठमाडौं,४ वैशाख । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।

निर्वाचन हारका विषयमा पार्टी्भित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढदो छ । १३ औं महाधिवेशनबाट पार्टी्भित्र तेस्रो धारको नेतृत्व लिएर छुट्टै समूह खडा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत देउवाको कार्यशैलीबाट असन्तुष्ट बन्दै पौडेलसँग निकट भएका छन्।

त्यसअघि यी दुई नेताको सम्बन्ध पानी बाराबारको थियो । सिटौलाकै शब्दमा देउवालाई सभापति बनाउनेदेखि दुई वर्षसम्म ‘ब्ल्यांक चेक’ दिएर सहयोग गर्ने काम भएको थियो । त्यसैलाई लिएर पौडेल सिटौलासँग आक्रोशित मात्रै थिएनन्, औपचारिक संवादसमेत टुटेको थियो ।

संघीय संसद्, प्रदेश र स्थानीय तहकै निर्वाचनमा पार्टीले हार बेहोरेपछि यी दुवै नेता एउटै निष्कर्षमा पुगे– ‘सभापति देउवाको यस्तै कार्यशैली र भूमिकाबाट अब पार्टी चल्न सक्दैन ।’

मुद्दामा एक भएपछि पौडेल र सिटौलालाई जोड्ने भूमिकामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि युवा नेताहरू गगन थापा, प्रदीप पौडेलसम्म   जुटे । कान्तिपुरमा आज प्रकाशित समाचार अनुसार, आधा दर्जनजति गोप्य बैठक बसेर यी दुई नेताबीचको सम्बन्धलाई जोड्ने काम भएको छ । नेतृत्वका सवालमा भने दुवैका आआफ्ना स्वार्थ र प्रतिस्पर्धा छन् ।

\'ओली सरकार सर्वसत्तावादतिर जाँदैछ\'- कांग्रेस नेता कोइराला

नेपालगंज । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले शान्तीपूर्ण प्रदर्शनमा समेत बल प्रयोग गरेर निरंकुश शाही  शासनको झझल्को दिएको बताएका छन्। उनले

 यसकारण पूरा हुनुपर्छ डा. केसीका माग

मानिस कतिसम्म अविवेकी र निकृष्ट हुनसक्छ भन्ने तथ्य खोज्न सामाजिक सञ्जालका भित्ता हेरे पुग्छ । डाक्टर केसीमाथि अपशब्द बर्साउनेहरुको मनोदशा देखेर

शक्तिशाली नेताहरुलाई मार्सीले पखाला लागेपछि...

फागुनमा मार्सीको भात खुवाइयो र असारमा त्यसको गुन तिरियो, लाभ लिइयो । यो कुनै आरोप होइन र बाघ कराउने र बाख्रो हराउने संयोगमात्रै पनि भएन । एकै ठाउँ

गोली चलाएको भन्ने हल्ला झुुठो : उपप्रधानमन्त्री

विराटनगर, ५ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्