सकियो तीनदिने इलाम महोत्सव  

इलाम, ४ वैशाख । इलाम सदरमुकाममा आयोजित तीनदिने इलाम महोत्सव सम्पन्न भएको छ । 

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्ष पुगेको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । महोत्सवमा ४५ वटा स्टल राखिएका थिए । स्टलमा मौलिक तथा आधुनिक खानाका परिकार, जातीय वेशभूषा, जातीय खानाका परिकार, महिला उद्यमी तथा हस्तकलाका विभिन्न सामग्री, कृषिजन्य उत्पादित वस्तु प्रदर्शनीमा राखिएका थिए । 

‘इलाम’ शीर्षक गीतको सार्वजनिकीकरण, ‘इलाम : हाम्रो गौरव’ झल्कने आतिसबाजी, इलाम नगरपालिका र धरान उपमहानगरपालिका बीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर र माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग इलाम नगरपालिकाले मेयर्स प्राइजको प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 

महोत्सवमा लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिने उद्देश्यले सञ्चालित महोत्सवको ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको महोत्सव आयोजक उपसमितिका संयोजक नवराज शंकरले जानकारी दिए। 

भारतसँगको सुगौली सन्धिपछि नगरी गढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माईस्थानमा आएर बसेपछि इलाममा सदरमुकाम स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । 

त्यसैलाई आधार मानेर सदरमुकाम (खलंगा) स्थापना भएको २०० औँ वर्षगाँठ मनाइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए। महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार उद्घाटन गरेका थिए। रासस

 कङ्कर रेल जोगवनी हिँड्यो,अब भाडा र समयको बचत हुने

  काठमाडौँ, १३ वैशाख । पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानी गर्ने कङ्कर

 एकजना पनि विद्यार्थी भर्ना नभएपछि विद्यालय नै बन्द

रामपुर, पाल्पा, १३ वैशाख ।  पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ ।  सिद्ध प्राथमिक

संवैधानिक इजालासले ५० मुद्दा फर्स्यायो 

काठमाडौँ, १३ वैशाख । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ ।  सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद

अपराध नियन्त्रण पहिलो प्राथमिकताः महानिरीक्षक खनाल

चितवन, १३ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । पत्रकारहरुसँग कुराकानी