सुन व्यवसायीको हत्यामा संलग्न थप दुई पक्राउ

सुरुङ्गा, झापा, ४ वैशाख । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । 

उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसअघि सुन व्यवसायी मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड–८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो । 

मुखियालाई व्यावसायिक रिसइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । 

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए । मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करीब २० फिट तल जुटको बोराभित्र बेपत्ता बनेको नौ दिनपछि साजनको शव भेटिएको थियो । 

यसअघि पक्राउ परेका तीनजनालाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाएको छ । रासस

यात्रुबाहक बस एकापसमा ठोक्किदा २३  घाइते

चितवन, ७ साउन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।  काठमाडौँबाट दाङ जान आउँदै

जग्गासम्बन्धी सम्पूर्ण जानकारी अब एपबाट 

काठमाडौँ, ७ साउन । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी

कमसल धितोमा दुइ करोड कर्जा लिने मल्ल जेल चलान

काठमाडौँ, ६ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ ।  ब्यूरोको टोलीले सर्वोच्च

 जेठ २ सम्म भिसा लागेका मलेसिया जान पाउने 

काठमाडौँ, ६ साउन  । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा