अमेरिकाको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध इरानको आरोप

तेहरान, ३ वैशाखः  इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् ।

हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ ।

अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताएका छन् ।

अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीले बताए ।

पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताएको तेहरान टाइम्सले जनाएको छ ।

सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए ।

यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।

अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन् । उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरीत भएको बताएका छन् । रासस/सिन्ह्वा

 

 विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो, ९ वैशाख । विश्वभरीका जिवित मानिसहरु मध्ये सवैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ ।  स्थानीय अधिकारीहरुले

आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते

 काबुल, ९ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा

सडक दुर्घटनामा सांसदका परिवारसहित आठको मृत्यु

अमान, ९ वैशाख । जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ ।  सांसद र उनका परिवारजन चढेको एक

इरानको आर्थिक विवरण अब यूरोमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । इरानले आधिकारीक आर्थिक विवरणमा अमेरिकी डलरको स्थानमा यूरोको प्रयोग गर्ने घोषणा गरेको छ । पछिल्ला समयमा इरानी