नवलपरासीमा व्यवसायिक खरायोपालन

नवलपरासी, ३ वैशाखः पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा खरायोपालन शुरु गरिएको छ । यहाँका दुईजना युवाले अध्ययनसँगै खरायोपालन व्यवसायलाई अघि बढाएका हुन् ।

गैँडाकोट–९ थुम्सीमा ‘के एन्ड के रयाविट फार्म एण्ड रिसर्च सेन्टर’ स्थापना गरेर स्थानीयवासी २२ वर्षीय विनय खनाल र गैँडाकोट–२ का २१ वर्षीय पुरुषोत्तम काफ्लेले खरायोपालन शुरु गरेका हुन् । दुवैजना नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा भेटेनरी संकायमा अध्ययनरत छन् ।

“अध्ययन अनुसन्धानका लागि पोखराबाट खरायो ल्यायौँ,” सञ्चालक विनय खनालले भने, “१० वटा खरायोबाट शुरु गरिएकामा हाल ५० वटा रहेका छन् ।” अरुलाई पनि अध्ययन एवं अनुसन्धान गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

अर्का सञ्चालक पुरुषोत्तम काफ्लेले खरायोको मासु स्वास्थ्यका लागि लाभदायक भएकाले माग बढ्दै गएपछि व्यवसायिक रुपमा खरायोपालन थालेको बताउनुभयो । उनीहरुले अहिले खरायोको मासु बिक्री गर्न थालेका छन् । हाल फार्ममा न्यूजिल्याण्ड Þह्वाइट, क्यालिफोर्निया ह्वाइट, चिञ्चिला र नेपालमा पाइने स्थानीय प्रजातिका खरायो रहेका छन् ।

खरायोको मासुमा अन्य मासुका तुलनामा बोसोको मात्रा कम हुन्छ । विशेष गरेर मुटु रोगी, दम, मधुमेह, हाडजोर्नी तथा नशा अनि युरिक एसिडका बिरामीलाई खरायोको मासु लाभदायक हुन्छ । खनालका अनुसार खरायोको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुन्छ । भाले खरायो रु एक हजार ५०० र पोथीको रु दुई हजारमा बिक्री हुन्छ ।

गैँडाकोट नगरपालिकामा फार्म सञ्चालन गरिएको छ । भदौदेखि हालसम्ममा  दुई लाख रुपैंया बराबरको आम्दानी भएको काफ्लले बताउनुभयो । उनले भने, “शुरुवातमा रु ५० हजार लगानी गरी शुरु गरेका हौँ, अहिले करीब रु तीन लाख पुगिसकेको छ ।” दशवटा खरायो, आवश्यक दानासँगै खोर व्यवस्थापनमा रु ५० हजार लगानी गरे पुग्ने उनको भनाइ छ ।

बाह्रवटा खरायो राख्न सकिने आधुनिक खोरलाई रु ४२ हजार पर्छ । खनालले खोर पनि बिक्री गर्ने गरेको बताउनुभयो । खरायो मूलतः शाकाहारी जनावर हो । करीब ५–६ महिनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । प्रजनन गराएको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्छ । भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महिनामा नै मासुका लागि योग्य हुने उहाँले बताउनुभयो ।

उन्नत जातको खरायो, खरायोको मासु र आधुनिक खोर बिक्री गर्नाका साथै खरायोपालनसम्बन्धी प्रविधि, तालीम तथा परामर्श सेवा प्रदान गरिँदै आएको सञ्चालक खनालले बताए। “खरायोलाई प्यालेट दाना र दुबो, जइ घाँस, बाँस, बन्दालगायत सागसब्जी, गाजर, मूला दिन सकिन्छ,” उहाँले भन्नुभयो । बजारीकरणमा समस्या छैन ।

एउटा खरायोले वर्षमा छ पटकसम्म बच्चा जन्माउँछ । एकपटकमा सरदर चारदेखि १२ वटासम्म बच्चा जन्माउँछ । पछिल्ला दिनहरुमा ठूला होटल तथा रेष्टुराँमा खरायोको मासु बढी खपत हुने गरेको छ । मासिक रु २५ हजारसम्म आम्दानी हुने गरेको खनाल बताउनुहुनछ । राससमा पुरुषोत्तम सुवेदीको रिपोर्ट

 

क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको

 राष्ट्र बैंक साढे १३ अर्बको ट्रेजरी बिल बेच्दै

काठमाडौं,९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले

इरानको आर्थिक विवरण अब यूरोमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । इरानले आधिकारीक आर्थिक विवरणमा अमेरिकी डलरको स्थानमा यूरोको प्रयोग गर्ने घोषणा गरेको छ । पछिल्ला समयमा इरानी

रु एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी , ८ वैशाख । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ