शेरबहादुर भन्छन्–‘अधिनायकवाद शुरु भइसक्यो’ 

चितवन, ३ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन्। 

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको टिप्पणी गरे। 

देउवाले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” 

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए। “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।” 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए। देउवाले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए।
 

 ज्येष्ठ नेता गुरुङले फिर्ता लिए देउवालाई दिएको समर्थन

काठमाडौं,९ वैशाख । वीपी कोइरालाका शीष्य एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता कुलबहादुर गुरुङले स्थानीय निकायको हारलाई गम्भीरतापूर्वक लिएर समीक्षा

 प्रचण्डको ब्रिफिङपछि एमालेसँग एकता गर्न माओवादी नहतारिने निष्कर्ष

 काठमाडौँ, ९ वैशाख । माओवादी केन्द्र एमालेसँग एकता गर्न नहतारिने भएको छ । शीर्ष नेतावीचको निरन्तरको गोप्यवार्ता र कार्यदलको गृहकार्यपछि पनि एकताको

 मलिन्दो विमानले स्थगित काँग्रेस बैठक बस्दै

काठमाडौँ, ९ वैशाख । शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थल मलिन्दो विमान चउरमा धसिनाले अवरुध्द भएपछि स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय

देउवाको डर ‘अधिनायकवाद’

काठमाडौँ, ८ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको