थाइ लायन एयर नेपाल आउने

काठमाडौं । थाइल्याण्डको बजेट एयरलायन्स थाइ लायनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन अनुमति पाएसँगै नेपाललाई गन्तव्य बनाउने पक्का भएको छ । लो कस्ट क्यारियरको रुपमा परिचित उक्त एयरलाइन्सले बैंककको डन मुयांग अन्तर्राष्ट्रिय एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको लागि मे १६ महिनादेखि उडान भर्ने तयारी गरिसकेको छ । 

हाल नेपाल एयरलायन्स र थाइ एयरवेजले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय एयरपोर्टको लागि उडान भर्दै आएका छन्। नेपाल एयरलायन्सले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने गरेको छ भने थाइ एयरवेजले साताको हरेक दिन एउटा उडान भर्दै आएको छ । थाइ लायनको आगमनसँगै ३ विमान कम्पनीबिच प्रतिस्पर्धाको वातावरण हुँदा यात्रुहरुको बैंककसम्मको यात्रा सस्तो पर्नेछ ।


त्यस्तै गरी ओमानको लो कस्ट क्यारियर सलाम एयरले पनि नेपालमा उडान भर्न अनुमतिको लागि निवेदन दिएको छ । मस्कट अन्तर्राष्ट्रिय एयरपोर्टबाट ओमान तथा अन्य खाडी मुलकमा रहेका नेपाली कामदारको आवत जावतको चाप अध्ययन गरी व्यापार हुने सम्भाव्यता देखेपछि काठमाडौं उडान गर्ने तयारी गरेको हो । हाल ओमानबाट ओमान एयरले मात्र दैनिक २ उडान गर्ने गरेको छ । यात्रुको चाप बढेको खण्डमा उक्त एयरलायन्सले दैनिक ३ उडान सम्म गर्ने गरेको छ । 
 
 

यात्रुबाहक बस एकापसमा ठोक्किदा २३  घाइते

चितवन, ७ साउन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।  काठमाडौँबाट दाङ जान आउँदै

जग्गासम्बन्धी सम्पूर्ण जानकारी अब एपबाट 

काठमाडौँ, ७ साउन । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी

कमसल धितोमा दुइ करोड कर्जा लिने मल्ल जेल चलान

काठमाडौँ, ६ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ ।  ब्यूरोको टोलीले सर्वोच्च

 जेठ २ सम्म भिसा लागेका मलेसिया जान पाउने 

काठमाडौँ, ६ साउन  । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा