२० स्रस्टाका कथा ‘हिजो र आजका कथा’ बजारमा


काठमाडौँ, २ वैशाख । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् ।

डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र हरि अधिकारीका कथा छापिएका छन् । 

नेपाली साहित्यमा कथा लोकप्रिय विधामै पर्छ । गुरmप्रसाद मैनालीलाई नेपाली कथाको आदर्श मानिन्छ । क्रमशः पुष्करशम्शेर, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुलगायत कथाकारले कथा प्रवद्र्धनमा ठूलो टेवा दिए । 

पुस्तकमा छापिएर चर्चा कमाइसकेका र लोकप्रिय भइसकेका कथा समाविष्ट छन् जसका कथाकार हिजो र आजसम्म पनि क्रियाशील छन् । तिनको यही क्रियाशीलताको तस्वीर सो सङ्ग्रह रहेको कृतिका सम्पादक विमल भौकाजीले बताए। 

“खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखिइिसकेपछि वा बोलिदिइसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ । हामीले यो कथासङ्ग्रहमार्पmत पाठकलाई अलिक भिन्नै बाटो हिँडाउने प्रयास गरेका छौँ, ताकि समीक्षक–समालोचकले थोपरेको बाध्यताबाट पाठक वर्ग मुक्त होस्”, उनले भने। रासस 

के सञ्जुले सञ्जय दत्तलाई सफाइ दिएको हो?

  बलिवूड अभिनेता सञ्जय दत्त भारतकै सबैभन्दा विवादास्पद चलचित्र अभिनेता हुन्। रक्सी र लागुऔषधको उनको कुलत, उनका प्रेम सम्बन्धहरू र आतंकवादसम्बन्धी

 बेलायतमा गुञ्जियो नेपाली कविता 

काठमाडौँ, १७ असार । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ ।  प्राकृतिक र

एक पत्रकारको आँखामा संजय दत्तको \'संजु\'

फुटबल विश्व कपको राप र तापका बीचमा मैले हिजो राती "संजु" हेरें। संजय दत्त "बलिवुड"का एक विवादास्पद चरित्र हुन्। यो सिनेमाले मलाई बिहान चरा

 सारंगी रेटेरै बिताए दिलबहादुरले जीवनका चारदशक 

 ‘आयो गयो फेरियो व्यवस्था ! आफ्नो भने उस्तै छ अवस्था !!    कल्ले के गर्छ ? पाएसी सबैले आफ्नै पेट भर्छ !!' गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय