खारेजमा परे खानी उत्खनन नगर्ने २० कम्पनी 

काठमाडौँ, २ वैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । 

विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरेको बताए। 

जसमा खानी खोजतलासको प्रमाणपत्र प्रदान ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १६८, खानी उत्खनन प्रमाणपत्र प्रदान १२ र खानी उत्खनन प्रमाणपत्र नवीकरण ७६ कम्पनी रहेका छन् । 

यस्तै विभागले चालू वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत ९३ करोड ५५ लाख ६१ हजार ७६८ राजश्व संकलनसमेत गरेको छ । 

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन सम्पन्न, फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न, ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलङ कार्य भइरहेको, ५० सञ्चालित खानीको अनुगमन भइरहेको, खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले जनाएको    छ । 

यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइरहेको छ । रासस

मार्सीको भात: नीतिगत भ्रष्टाचारकोे राष्ट्रिय ‘ब्राण्ड’

उच्च हिमाली भेगमा फल्ने धानको नाम हो मार्सी । मार्सी धानको चामलको भातको एउटा विशेषता हो जति खाए पनि पेटलाई गरुङ्गो नबनाउने, छिटै पचिहाल्ने र खाइसेको

गत वर्ष रु ७० मा बेचेको आँपको मूल्य यसवर्ष प्रतिकिलो रु १०, निरास छन् किसान

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान

अब सुविधासम्पन्न बसमा सौराहा–पोखरा–सौराहा, भाडा १५००

  चितवन, ३२ असार । सौराहा–पोखरा–सौराहा रुटका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा आउने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक

वायुसेवा निगममा साढे ६ अर्बको छटपटी, कंसाकारलाई चिट्चिट् पसिना

काठमाडौं । नेपाल वायुसेवा निगमले एअरबसद्धारा निर्मित ३३० २०० सेरिजको वाइडबडीको जहाज आफ्नो बेडामा भित्र्याएको दुई हप्तापछि यसका अनौठो प्रेस