आतङ्कवादी कमाईको लगानी भित्रिने जोखिम

काठमाडौं । अघिल्लो साता राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट लगानी गर्न ऋण ल्याउन दिन स्वीकृती दिएसँगै उत्साहजनक रुपमा बढेको नेप्से परिसुचक यो हप्ताको अन्त्यमा पनि केहि हदसम्म सकारात्मक रुपमै रह्यो । 

अघिल्लो शुक्रबार १२५०.३९ मा रहेको नेप्से परिसुचक आइतबार एकै दिनमा ४४.२६ अंकले बढेर १२९४.६५ मा पुगेको थियो । सोमबार र मंगलबार क्रमश ६.८७ र १७.५५ अंकले घटेको परिसूचक बिहिबार र शुक्रबार क्रमशः ३.१ र ४.२२ अंकले बढेर १२७७.५५ अंकमा पुगेको छ । श्वेत्रपत्र जारी भएपछि तर्सिएको बजार अहिले सामान्य बन्ने क्रममा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३६७०५ कारोबारबाट दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७३.९३ प्रतिशतले कम हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७६३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरका ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.६४ अंकले घटेर २७२.४५ अंकमा आईपुगेको छ ।

कुल ५ दिन कारोबार भएको यस साता कारोबार रकम (१२ करोड २९ लाख ४० हजार रुपैयाँ) को आधारमा बैंक अफ काठमान्डू लिमिटेड (संस्थापक) अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ८० हजार कित्ता) को आधारमा पनि बैंक अफ काठमान्डू लिमिटेड (संस्थापक) अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१५४९ वटा) को आधारमा प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

यो साता सूचिकरण विभिन्न ९ संस्थाको हकप्रद र बोनस शेयर सूचीकृत भएको छ । प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सुचीकृत भएको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, नागवेली लघुवित्त विकास वैंक लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था, तिनाउ विकास बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेस कम्पनी र प्राइम कमर्सियल बैंक लिमिटेडको बोनस शेयरहरु सुचीकृत भएको हो ।

त्यसैगरी नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि लागु हुने गरिु सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०७४ जारी गरेको छ । नेपाली वित्तीय बजारमा आतङ्कवादी कार्यबाट आउने लगानी रुपको विकृत्तिलाई निरुत्साहित गर्न उक्त निर्देशिका जारी भएको हो ।  

क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, ९ वैशाख । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको

 राष्ट्र बैंक साढे १३ अर्बको ट्रेजरी बिल बेच्दै

काठमाडौं,९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले

इरानको आर्थिक विवरण अब यूरोमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । इरानले आधिकारीक आर्थिक विवरणमा अमेरिकी डलरको स्थानमा यूरोको प्रयोग गर्ने घोषणा गरेको छ । पछिल्ला समयमा इरानी

रु एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी , ८ वैशाख । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ