धनगढिले यसरी हात पार्यो डिपिएल उपाधी

काठमाडौं । काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै धनगढि चौराहाले धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि हात पारेको छ । उपाधिसँगै धनगढिले २५ लाख नगद पुरस्कार पनि हात पारेको छ । उपविजेता काठमाडौंले पनि १० लाख पुरस्कार हात पारेको छ । तेश्रो स्थानमा रहेको महेन्द्रनगरले ३ लाख र चौथो स्थानमा रहेको अत्तरियाले २ लाख पाएको छ । यससँगै डिपिएलको दुबै संस्करणको उपधि धनगढिले जितेको छ । अघिल्लो संस्करणको फाइनलमा धनगढिले विराटनगरलाई हराएको थियो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढिले सुनिल धमला र रोहन मुस्तफाको शानदार इनिङसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाउन सफल भयो । आक्रामक इनिङ खेलेका धमलाले ३ छक्का र ८ चौका सहित ७८ रन बनाए त्यसैगरि मुस्तफाले ४ चौका र ४ छक्का सहित ४२ बलमा ६० रन बनाएपछि धनगढिको बिशाल स्कोर बनेको थियो । मुस्तफा र धमलाले संयुक्त रुपमा १५ ओभर लगातार खेल खेलि १४२ रनको किर्तिमानी साझेदारी गरेका थिए । 

काठमाडौंका बलरले अस्फाक अहमदलाई व्यक्तिगत ४ रन बनाउँदा आउट पारेपनि मुस्तफा र धमलाको विकेट लिन नसक्दा खेलमा कुनैबेला पनि पकड जमाउन सकेनन् । काठमाडौंका लागि सुबोध भाटीले ४ ओभरमा १७ रन दिंदै २ विकेट लिए भने सन्नी पटेलले १ विकेट आप्mनो नाममा राखे ।

जवाफी ब्याटिङ गरेको काठमाडौंले दोश्रो ओभरको अन्तिम बलमा सुबोध भाटीलाई गुमाएपछि सुरुवातमै तिब्र रन जोड्ने सपनामा ठेस पुगेको थियो, हिजोको खेलमा भाटीले १८ बलमै ५२ रनको इनिङ खेलेका थिए । धनगढिका ललित सिंह भण्डारीले भाटीलाई बोल्ड आउट गरेका थिए । दोश्रो विकेटको लागि अमित श्रेष्ट र पुष्प थापाले ५४ रनको साझेदारी गरेका थिए । दोश्रो विकेट पतन सँगै कुनै टोस साझेदारी गर्न नसकेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ चौका र २ छक्का सहित २७ बलमा ३० रन जोड्ने क्रममा जितको आशा पलाएपनि ज्ञानेन्द्रको विकेट पतनसँगै काठमाडौंको उपाधि कब्जा गर्ने सपना लगभग समाप्त भएको थियो । काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले ३९ बलमा ३ छक्का र ७ चौका सहित टोलीको सर्वाधिक ५८ रन बनाए । सन्नी पटेलले १२ बलमा २२ रन बनाए । त्यस्तै नरेश बुढाऐर र पुष्प थापाले क्रमशः १९ र १५ रन बनाए । 

धनगढिको लागि लेप्mट आर्म पेसर ललित सिंह भण्डारीले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए । रोहन मुस्तफाले ४ ओभरमा ४६ रन खर्चिदैं महँगो साबित भएपनि महत्वपूर्ण २ विकेत हात पारे । सम्साद शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट हात पारे । प्रतियोगिताभर अलराउन्ड प्रदर्शन गरेका युएईका कप्तान समेत रहेका धनगढिका रोहन मुस्तफा म्यान अफ द फाइनल तथा प्लेयर अफ द सिरिज पनि घोषित भए । मस्ट भ्यायुएवल खेलाडि भइ गोल्डेन जुत्ता जित्ने सौभाग्य धनगढिका ललित सिंह भण्डारीलाई प्राप्त भयो ।

उत्कृष्ट पाँच ब्याटिङ प्रदर्शन

क्र.सं.    खेलाडि                        खेल    कुल रन    एभरेज रन प्रतिखेल    स्ट्राइक रेट    उत्कृष्ट इनिङ    ५० रन    १०० रन
१.    ज्ञानेन्द्र मल्ल - (काठमाडौं)    ७    २४८ रन    ४१.३३     १३१.९१     ६८ नटआउन    २ पटक    छैन
२.    अमित श्रेष्ठ - (काठमाडौं)    ७    २४२ रन    ४०.३३    ११६.३४    ८१ नटआउट    २ पटक     छैन
३.    सुनिल धमला - (धनगढि)    ७    २२९ रन    ३८.१६    १०६.५१    ७८    २ पटक     छैन
४.    रोहन मुस्तफा- (धनगढि)    ६    १९८ रन    ३३    १२१.४७    ६०    १ पटक    छैन
५.    बबर हायात - (विराटनगर)    ५    १८६ रन    ३७.२    २००    ६७    २ पटक    छैन

उत्कृष्ट पाँच बलिङ

क्र.सं.         खेलाडि                        खेल    ओभर         विकेट    मेडन    उत्कृष्ट बलिङ
१.    ललित सिंह भण्डारी - (धनगढि)     ७    २६ ओभर    १४      शुन्य    ४/३७
२.    सन्नी पटेल - (काठमाडौं)              ८    २९ ओभर     १३    १    ६/१०
३.    रसिद खान - (काठमाडौं)              ८    २५.३ ओभर    ११    १    ४/६
४.    शुभांकर उराव - (अत्तरिया)           ५    १३.२ ओभर    १०    १    ३/७
५.    कमल सिंह ऐरी - (अत्तरिया)           ५    १६ ओभर      ९    शुन्य    ४/१५

नेपालको टि–२० विश्वकप यात्रा मलेसियाबाट शुरु

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियामा सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट प्रतियोगिताहरुको खेल तालीका

क्रिकेटको गाँठो फुक्यो, आईसीसीको निलम्बन हट्ने

 काठमाडौं। बिहिबार सम्पन्न भएको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट गठित देशभरिका खेलसम्बद्ध

रुसमा दुई नेपालीले फुटबल खेल्ने

काठमाडौँ, ५ वैशाख । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन्

 साफ च्याम्पीयनसिपको ड्र सार्वजनिक

काठमाडौं,५ वैशाख । साफ च्याम्पीयनसिप फुटबल प्रतियोगिताको ड्र बुधबार बंगलादेशको ढाकामा सार्वजनिक भएको छ । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा