नवाज सरिफले आजीवन चुनाव लड्न नपाउने

इस्लामावाद, ३० चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन पाउने छैनन्। 

पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । 

पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । 

भ्रष्टाचारको आरोप लागेपछि उनले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए। 

उनी झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए। रासस/सिन्ह्वा) 
 

 जन्ती बस दुर्घटना हुँदा १७ को मृत्यु

  इस्लामाबाद, ३२ असार ।  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले

 गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका   छन् ।  स्वास्थ्य

 पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद, ३० असार  । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ

के खान्थे पाँच हजार वर्षअघि हिममानव ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले