सदरमुकाम स्थापनाको २ सय वर्षमा 'इलाम महोत्सव'

 इलाम– इलाम सदरमुकाम बसेको दुई सय वर्ष पुगेको अवसरमा नयाँ वर्षको पहिलो दिनदेखि तीन दिने महोत्सव आयोजना गरिएको छ । मुख्य रुपमा तीन दिन विभिन्न कार्यक्रम गरिने भए पनि वर्षैभरि कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

कृषिमा अग्रणी, प्राकृतिक स्रोतले भरिपूर्ण इलाम आकर्षक पर्यटकीय गन्तव्यका रुपमा बिकसित भएको छ । सदरमुकाम स्थापनाको दुई सय वर्षलाई आधार मानेर महोत्सव आयोजना गर्न लागिएको हो । 

सम्वृद्धिको अभियानलाई सफल बनाउन महोत्सव आयोजना गरिएको इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । पर्यटन, कृषि, जैविक विविधता, कला संस्कृति, खेलकुद, साहित्यलगायत क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव महत्वपूर्ण हुने उनले बताए ।

‘इलाम हाम्रो गौरव” भन्ने नारासाथ ०७५ सालको नयाँ वर्षको अवसरमा बैशाख १ देखि ३ गतेसम्म मुख्य कार्यक्रमको आयोजना गरिएको छ । सुगौली सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ । त्यतिबेला यो क्षेत्रलाई दश लिम्बुवान क्षेत्रकै भाग मानिने गरेको छ । सदरमुकाम स्थापना हुँदा अहिलेको माइस्थान क्षेत्रमा पल्टन बसेको थियो । त्यही बेला माइस्थान मन्दिरको पनि निर्माण भएको इतिहास छ । 

नगर प्रमुख बस्नेतको संयोजकत्वमा एकहजार सदस्यीय मूल आयोजक समिति, ३७ सदस्यीय सचिवालय र विभिन्न १९ वटा उपसमिति सक्रिय छ । संगीत तथा कला व्यवस्थापन, प्रचारप्रसार, कार्यक्रम व्यवस्थापन तथा संयोजन, स्मारिका प्रकाशन, संयोजकत्वमा स्वयंसेवक परिचालन, विचार गोष्ठी व्यवस्थापन, अतिथि सत्कार तथा सजावट, स्रोत व्यवस्थापन, संस्कृति प्रदर्शनी, खेलकुद व्यवस्थापन र साहित्य सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएका छन् । 

वैशाख १ गते ध्वनी र बाजागाजासहित उद्घाटन हुने महोत्सवमा  स्मारक÷स्तम्भ उद्घाटन, झाँकी प्रदर्शन, गुम्बा, मन्दिर, चर्च, मस्जिद आदिमा पूजापाठ, विशिष्ट व्यक्तिलाई सम्मान, इलाममा उत्पादित बस्तुहरुको प्रदर्शन र इलाम झल्किने तस्बिरसहितको हुलाक टिकट प्रकाशनको घोषणा गर्ने कार्यक्रम छ । 

यही अवसरमा धरान उपमहानगरपालिका र इलामनगरपालिका बीच भगिनी सम्बन्ध बिस्तार, मैत्रीपूर्ण खेलकुदका कार्यक्रम र सांस्कृतिक समारोह गरिने आयोजकको भनाइ छ । यसै अवसरमा इतिहासकार एवं पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद बैद्यलाई रथारोहण तथा सम्मानको कार्यक्रम समेत छ । 

सदरमुकामको इतिहास

सुगौली सन्धी पूर्व नेपालको तमोरदेखि टिष्टासम्मको इलाकाको प्रशासनका लागि मेची नदीवारी नागरिमा अड्डा कायम भएको थियो । हालको पशुपतिनगरवाट केहि तल नागरिमा खलंगा थियो । सुगौली सन्धीपछि ४१ वर्ष नागरिमा रहेको मुकाम १८७३ सालमा करफोक सारिएको खोजकर्ताहरु वताउँछन् । तत्कालिन विजय प्राप्त गर्ने श्रीनाथ पल्टनसँगै सदरमुकाम सर्ने काम भयो । 

करफोक खलङ्गा पनि भारतीय सीमाना नजिक भएको कारण दुई वर्षपछि हाल इलाम सदरमुकाम रहेको डाँडामा सारिएको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख युद्धप्रसाद वैद्य बताउँछन् । यही समयदेखि यस क्षेत्रमा नेवारहरुको बसोबास सुरु भएको पाइन्छ । आदिवासी लाप्चा र लिम्वु जातिको भाषा अनुसार इलाम नामाकरण भएको पाइन्छ । तत्कालिन अवस्थामा दश लिम्वुवानभित्र इलाम थियो । 

आर्थिक उन्नतीका मुख्य आधारका रुपमा यहाँ कृषि, पर्यटन, व्यापार, उद्योग, जलस्रोतलाई लिन सकिन्छ । महोत्सवमार्फत यहाँका सम्भाव्य सबै उत्पादन, क्षेत्र र वस्तुको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । मुलुकमै पहिलोपटक चिया रोपिएको इलाम चिया कमानसँगै विस्तारित चिया क्षेत्र यहाँको कृषि र पर्यटनको मुख्य आधार हो । राज्य पुर्नसंरचनापछि भूगोल विस्तार हुँदा इलाम नगरपालिकाको ग्रामिण क्षेत्र ठूलो भएको छ ।

यी क्षेत्रका अधिकांश बासिन्दाको आम्दानीको आधार कृषि नै हो । अलैंची, अदुवा, आलु, अकवरे, अम्लिसोलगायतका नगदेवालीसँगै धान, मकै गहुँ जस्ता परम्परागत खेतीले यहाँको जनजीवन धानेको छ । सुन्तला उत्पादनमा अग्रणी यो नगरपालिकाका कृषक पछिल्लो समय किवी फल उत्पादनमा पनि उत्तिकै सकृय देखिएका छन् । कृषिजन्य उत्पादनको बजार अनिश्चितता, उपयुक्त प्राविधिक ज्ञान र रोग नियन्त्रणको प्रयास आवश्यक छ । 

-इलाम सदरमुकामको फाइल तस्बिर ।
 

नेपालमा उडान भर्न सलाम एयरको प्रक्रिया सुरु

काठमाडौं, ४ साउन । ओमानको पहिलो बजेट एयरलायन्स सलाम एयरले काठमाडौंमा उडानको लागि अनुमति मागेको छ । करिब १८ महिनादेखि सेवा सुरु गरेको सलाम

आत्मसन्तुष्टि पाएको ‘त्यो’ अनुपम यात्रा

जिवीत छँदै साक्षात् भगवानको दर्शन गर्न पाइने अवसरको लागि म लगायतको टोली मानसरोवर कैलाश यात्रा गर्न तयार भयौं । अकस्मात् बनेको यो यात्रा कष्टकर हुन्छ

६ महिनामा ५ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, ३ साउन । नेपालमा घुम्न आउने पर्यटकको संख्या यस अंग्रेजी वर्षको पहिलो ६ महिनामा ५ लाख नाघेको छ । यसरी पर्यटक बढ्नुमा भारतीय र चिनियाँ

 ‘पृथ्वी त खुट्टामा झुण्डिए झैं लाग्यो’

जिवीत छँदै साक्षात् भगवानको दर्शन गर्न पाइने अवसरको लागि म लगायतको टोली मानसरोवर कैलाश यात्रा गर्न तयार भयौं । अकस्मात् बनेको यो यात्रा कष्टकर हुन्छ