कांग्रेसको अर्का महामन्त्री खड्का कि कार्की ?

काठमाडौं । महाधिवेशन भएको दुइ वर्ष बितिसक्दा पनि पदाधिकारी नियुक्त नगरेको भनेर निकै आलोचना बेहोरिरहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब यसको छिनोफानो गर्ने भएका छन् । स्थगित बैठक वैशाख ७ गतेबाट जारी हुनेबित्तिकै देउवाले प्रमुख पदाधिकारीको टुंगो लगाएर फेरि केही दिन विश्राम लिने तयारी गरिरहेको उनी निकट एक पूर्वमन्त्री बताउँछन् । पदाधिकारी मनोनित गरेपछि एकहप्ता केन्द्रीय समितिको बैठक स्थगित गर्ने देउवाको रणनीति रहेको सम्बध्द सूत्रले बताएको छ ।

प्रमुख तीनमा को को ?

महाधिवेशनपछि मनोनयन हुन नपाएका प्रमुख तीन पदाधिकारीमा उपसभापति, एक महामन्त्री र सहमहामन्त्री हुन् । यी तिनै पदका लागि सभापति देउवाले निकटवर्तिसँग पटक पटक परामर्श गरेर नाम टुंगो लगाइसकेको सूत्रले जनाएको छ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेका छन् ।

महाधिवेशनमा आफूलाई निकै महत्वपूर्ण सहयोग गरेका नेता खुमबहादुर खड्कालाई देउवाले उपसभापतिमा मनोनित गर्ने आश्वासन दिएपनि वचन पूरा गरेका थिएनन् । तर अब खड्काको निधन भैसकेकाले देउवाले त्यो पदमा अरु नै नेतालाई अवसर दिनसक्ने भएका छन् ।

 यता महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणले समेत दाबी गरिरहेका थाहा भएको छ । खाणले यसैका लागि प्रमुख सचेतक पद अस्वीकार गरेका बुझिएको छ । कार्की पत्नी र देउवा पत्नीवीचको निकै घनिष्ठ सम्वन्धको प्रभावले गर्दा अन्तिममा पूर्ण बहादुर खड्कालाई दिन लागेको महामन्त्री पद ज्ञानेन्द्रको हातमा पर्यो भने आश्चर्य नमाने हुने एक केन्द्रीय सदस्यले सरल पत्रिकालाई बताए।

ठुस्किए पौडेल

उपसभापति, महामन्त्री र सहमहामन्त्री आफ्नै गुटका नेता चयन गर्न खोजेपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । पौडेल पक्षले १२औँ महाधिवेशनपछि सुशील कोइरालाले आफ्नो पक्षमा बहुमत भए पनि देउवालाई सहमहामन्त्री दिएको नजिर पेस गर्दै एउटा पद दिन माग गरिरहेको छ । नेता पौडेलले देउवालाई भेटेर परम्परा नतोड्न आग्रह गरिसकेका छन् । देउवा पौडेललाई एउटा पदाधिकारी दिँदा पदाधिकारीमा आफ्नो बहुमत नपुग्ने हिसाबमा छन् ।

८५ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनबाट सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय समिति निर्वा्चित हुन्छन् । खुमबहादुर खड्काको निधनपछि कांग्रेसको केन्द्रीय समितिमा ६३ मात्र निर्वा्चित सदस्य छन् । जसमा संस्थापनको स्पष्ट बहुमत छ।

 
 

 विप्लवका बाह्र कार्यकर्ता प्रहरी नियन्त्रणमा

रत्ननगर, २९ साउन । चितवनका विभिन्न स्थानमा  बन्द गराउँदै हिँडेका आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै

विप्लवको बन्दमा आगजनी र बिष्फोटक पदार्थको आतंक

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको

स्थायीत्व र समृद्धि सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री 

काठमाडौँ, २९  साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास, समृद्धि र स्थायीत्व वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।  नेपालको

विप्लवसँग संवाद गर्न तयार छौँः दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संवादबाटै समस्या समाधान गर्न सकिने बताउँदै विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर