डिपिएलः महेन्द्रनगरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं,२९ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गतको क्वालिफायर २ मा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं गोल्डेनले फाइनलमा स्थान पक्का गरेको छ । बुधबारको खेल वर्षाले बिथोलेपछि रिजर्भ दिन बिहिबार खेलिएको खेलमा काठमाडौं १० बल बाँकि खेल जिती धनगढी चौराहासँग फाइनल भिड्ने पक्का गरेको हो ।

टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको काठमाडौंका सन्नी पटेलले सुरुवाती ओभरहरुमै लगातार विकेट लिइ महेन्द्रनगरलाई पूर्ण दवाबमा राखेका थिए । १८ बलमै ६ विकेट झारीसकेका उनले अन्ततः एक मेडन सहित १० रन दिइ ६ विकेट लिने किर्तिमानी आँकडा कायम गरे । 

यस्तो दवाबपूर्ण अवस्थामा ब्याटिङ गरेका महेन्द्रनगरका आरिफ शेख र पुनित मेहेराले ८५ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई ९ विकेट गुमाएर निर्धारित २० ओभरमा १४२ रनको सम्मान जनक योगफल सम्म पुग्ने मार्ग प्रशस्त गरे । पुनितले ४ छक्का र ४ चौका सहित ४२ बलमा सर्वाधिक ५८ रन बनाए भने १ छक्का र ४ चौका सहित आरिफले ३९ बलमा ४३ रन बनाए । त्यस्तै नवौं नम्बरमा ब्याटिङ गरेका करन के.सी.ले २ छक्का सहित १२ बलमा २१ रन बनाए । काठमाडौंका लागि सन्नी बाहेक सुबोध भाटी र पुष्प थापाले १÷१ विकेट लिए ।

धनगढिसँग क्वालिफायर १ मा व्योहोरेको हारको चोट भुलाउँदै काठमाडौंले जवाफी ब्याटिङको क्रममा सुरु देखिनै आक्रामक देखिएको थियो । काठमाडौंका ओपनर सुबोध भाटीले महेन्द्रनगरका बलर अभिनाश कर्णको पहिलो ओभरमै छक्का चौका वर्षाउँदै २३ रन जोडे । भुवन कार्कीको बलमा आउट हुनुअघि सुबोधले ५ छक्का र ४ चौका सहित १८ बलमा ५२ रनको योगदान दिए । 

सुबोधको उक्त इनिङको मद्दतले काठमाडौंले बाँकि ओभरहरु बिना दवाव खेली १८.२ ओभरमै लक्ष्य भेट्टायो । काठमाडौंका लागि सुबोधका अतिरिक्त अमित श्रेष्ठले ५ चौका सहित १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्ले १ चौका र १ छक्का सहित ३१ बलमा २५ रन बनाए । त्यस्तै भुपेन्द्र थापा र पुष्प थापाले क्रमशः १५ र ९ रन बनाए । उत्कृष्ट बलिङ गरि जितको बाटो खोलेका सन्नी पटेलले चौका प्रहार गर्दै काठमाडौंलाई विजयी बनाएका    थिए । 

महेन्द्रनगरको लागि पुनित बिष्ट, रोवीन क्षेत्री र भुवन कार्कीले समान १÷१ विकेट लिए । ६ विकेट लिएका र विजयी रन प्रहार गरेका काठमाडौंका सन्नी पटेल खेलको प्लेयर अफ द म्याच चुनिए ।

काठमाडौं गोल्डेन र धनगढि चौराहाबीच शुक्रबार १२ः३० मा फाइनल खेल हुनेछ । 
 

नेपालको टि–२० विश्वकप यात्रा मलेसियाबाट शुरु

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियामा सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट प्रतियोगिताहरुको खेल तालीका

क्रिकेटको गाँठो फुक्यो, आईसीसीको निलम्बन हट्ने

 काठमाडौं। बिहिबार सम्पन्न भएको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट गठित देशभरिका खेलसम्बद्ध

रुसमा दुई नेपालीले फुटबल खेल्ने

काठमाडौँ, ५ वैशाख । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन्

 साफ च्याम्पीयनसिपको ड्र सार्वजनिक

काठमाडौं,५ वैशाख । साफ च्याम्पीयनसिप फुटबल प्रतियोगिताको ड्र बुधबार बंगलादेशको ढाकामा सार्वजनिक भएको छ । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा