‘मिडियामा भ्रामक समाचार आएका छन्,म फर्केपछि एकताको विषय टुंगिन्छ’– प्रचण्ड 

 चितवन, २९ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने दावी गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा दाहालले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे। 

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए। विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।” 

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट्याए। 

नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उनले बताए। जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे। 

छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उनले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए। 

  
 

\'ओली सरकार सर्वसत्तावादतिर जाँदैछ\'- कांग्रेस नेता कोइराला

नेपालगंज । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले शान्तीपूर्ण प्रदर्शनमा समेत बल प्रयोग गरेर निरंकुश शाही  शासनको झझल्को दिएको बताएका छन्। उनले

 यसकारण पूरा हुनुपर्छ डा. केसीका माग

मानिस कतिसम्म अविवेकी र निकृष्ट हुनसक्छ भन्ने तथ्य खोज्न सामाजिक सञ्जालका भित्ता हेरे पुग्छ । डाक्टर केसीमाथि अपशब्द बर्साउनेहरुको मनोदशा देखेर

शक्तिशाली नेताहरुलाई मार्सीले पखाला लागेपछि...

फागुनमा मार्सीको भात खुवाइयो र असारमा त्यसको गुन तिरियो, लाभ लिइयो । यो कुनै आरोप होइन र बाघ कराउने र बाख्रो हराउने संयोगमात्रै पनि भएन । एकै ठाउँ

गोली चलाएको भन्ने हल्ला झुुठो : उपप्रधानमन्त्री

विराटनगर, ५ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्