डिपिएलः वर्षाले क्वालिफायर २ को खेल हुन सकेन, भोली खेलिने


काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) को क्वालिफायर २ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन बिचको खेल वर्षाले बिथोलिए पछि सो खेल भोलि अर्थात् चैत २९ गतेको लागि सारिएको छ । 

बिहानै देखि बादल लागेको भएपनि पानी नपरि सकेको कारण टसको निर्णय सम्भव भएको थियो । काठमाडौं गोल्डेनले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेपनि जम्मा २ ओभर मात्र खेल भयो । महेन्द्रनगरले २ ओभर ब्याटिङ गरेर ८ रन बनाउँदा पानी परे पछि सबै खेलाडि तथा अम्पाएरहरु पभेलियन लागेका थिए । 

निरन्तरको वर्षाले खेल हुन सम्भव नभएपछि म्याच रेफ्रि मोहम्मद सफिकले खेल भोलि खेलिने गरि आजको खेल रद्द हुने निर्णय गरेका थिए । बाँकि खेल हुने आशामा बसेका खेलाडिहरुलाई झरीले पभेलियनको बास बनाए पनि बिहिबार रिजर्भ दिन भएकोले सो खेल पुनः खेलिन सम्भव भएको हो ।
काठमाडौं गोल्डेन क्वालिफायर १ मा धनगढि चौराहासँग पराजित भइ यस क्वालिफायर २ मा खेल्न लागेको हो भने महेन्द्रनगर युनाइटेडले इलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई हराइ यस खेलमा स्थान बनाएको हो ।

विनोद भण्डारीको महेन्द्रनगर र ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन फाइनलमा स्थान बनाउनको लागि भोलि १२ः३० बजे मैदानमा उत्रने छन् । विजेता टिम फाइनल पुग्ने छ भने हार्ने टोलीको प्रतियोगिताको यात्रा टुगिंने छ , गर वा मर को अवस्था भएकोले भोलिको खेल रोमाञ्चक हुने विश्वास लिन सकिन्छ । 


 

राजवंशीको ५ विकेट र पारसको शतक सहित नेपाल विजयी

काठमाडौं, ६ साउन । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पशायर हग्सलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्