रोगले कुखुरा मर्दा खोर नै रित्तो,६० लाखको क्षति

चितवन, २८ चैत । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । 

रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिए। 

सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताए। चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको  थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताए। 

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताए। 

यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताए। चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिए। 

“हिजोसम्म अलि अलि थियो आजबाट एउटा पनि रहेन, खोर नै रित्तियो”, थापाले दुःख पोख्दै भने, “मेरो २० लाखभन्दा बढीको क्षति भयो ।” उनले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गरे। 

शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ । 

जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताए। रासस

मार्सीको भात: नीतिगत भ्रष्टाचारकोे राष्ट्रिय ‘ब्राण्ड’

उच्च हिमाली भेगमा फल्ने धानको नाम हो मार्सी । मार्सी धानको चामलको भातको एउटा विशेषता हो जति खाए पनि पेटलाई गरुङ्गो नबनाउने, छिटै पचिहाल्ने र खाइसेको

गत वर्ष रु ७० मा बेचेको आँपको मूल्य यसवर्ष प्रतिकिलो रु १०, निरास छन् किसान

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान

अब सुविधासम्पन्न बसमा सौराहा–पोखरा–सौराहा, भाडा १५००

  चितवन, ३२ असार । सौराहा–पोखरा–सौराहा रुटका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा आउने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक

वायुसेवा निगममा साढे ६ अर्बको छटपटी, कंसाकारलाई चिट्चिट् पसिना

काठमाडौं । नेपाल वायुसेवा निगमले एअरबसद्धारा निर्मित ३३० २०० सेरिजको वाइडबडीको जहाज आफ्नो बेडामा भित्र्याएको दुई हप्तापछि यसका अनौठो प्रेस