प्रधानमन्त्री ओलीको भारत भ्रमण कति सफल कति असफल ?

प्रधानमन्त्री ओलीले ३ दिने भारत भ्रमण सक्नुभयो। प्रधानमन्त्रीको भारत भ्रमणलाई एकाथरीले ईतिहासकै सबैभन्दा सफल र महत्वपूर्ण भ्रमण भनेर चर्चा गरिरहेका छन् भने अर्कोथरीले यस भ्रमणलाई असफल भनेर व्याख्या गरिरहेको अवस्था छ। नेपालको प्रधानमन्त्रीको भारत भ्रमण सधैं महत्वपूर्ण भ्रमण रहन्छ यद्यपी यस्ता भ्रमण कतिको सफल वा प्रभावकारी थिए र छन् भन्ने प्रश्नको जवाफ त्यति सजिलो छैन।

भारत भ्रमणको दौरान भारत सरकारलेरसरकारसँग गरिने सन्धि सम्झौता, विकास सहोयग आदिको प्रतिबद्धताको मात्रको आधारमा कुनै पनि नेपाली प्रमको भ्रमणलाई सफल वा असफल भन्ने राजनीतिक प्रचलन रही आएको छ। त्यस्ता सहयोग साहयताको विषय प्रधानमन्त्रीको एकल प्रयासबाट हुँदैन भन्ने कुरा पहिले बुझ्न जरुरी छ। प्रमको भारत भ्रमणले मूख्य रुपमा नेपालको भारत सम्बन्धि राष्ट्रिय नीतिलाई प्रष्ट्याउनु पर्ने हो।
राजनीतिक दलसँगै त्यस्ता राजनीतिक दलले ग्रहण गरेका राजनीतिक आस्थाले अन्तर्राष्ट्रिय सम्बन्ध के(कस्तो हुने भन्ने विषय निर्धारण हुने हुँदा फरक राजनीतिक दलको फरक अन्तराष्ट्रिय सम्बन्धको तौर तरिका हुनुलाई गलत मानिनु हुँदैन। तर हरेक राष्ट्रको निश्चित राष्ट्रिय स्वार्थ हुन्छ, र यी राष्ट्रिय स्वार्थहरु दल पिच्छे फरक हुँदैन, त्यस्ता राजनीतिक स्वार्थले राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका विषयमा केही विशेष चरित्र र विशेषता निर्धारण गरेको हुन्छ। बोलीचालीको भाषामा भन्नु पर्दा यसले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको प्रमुख एजेन्डा र विषयको पहिचान गर्नु पर्ने हो जसमा हरेक नेपाली नागरिक तथा राजनीतिक दलको सहमती हुन्छ।

त्यसमाथि पनि भारतसँगको नेपालको सम्बन्धलाई नेपालको समग्र अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणले हेर्न गलत हुन्छ। नेपालको भारतसँगको सम्बन्ध विशेष छ, विशेष हुनु पछाडी धेरै खबचष्बदभिक हरु छन्। १९९० पछिको नेपाल(भारत सम्बन्धलाई हेर्ने हो भने पनि के प्रष्ट हुन्छ भने, भारतको नेपाल नीति प्रष्ट छ तर नेपालको भारत नीति के हुनु पर्ने हो भन्ने त परै जाओस् के हो भन्ने पनि स्पष्ट छैन् । यसैकारण नेपाल भारत सम्बन्ध चयििय(अयबकतभच जस्तो रहेको छ। भारतँंगको सम्बन्ध कस्तो हुने, यसमा हाम्रो राष्ट्रिय स्वर्थ के कति कसरी जोडिएको छ भन्ने कुरामा सम्पूर्ण राजनीतिक दलहरुको साझा पलयधभिमनभ (धारणा हैन!) हुनु जरुरी छ।

भारतसंगै चीनसँगको नेपालको सम्बन्ध र व्यवहार पनि सामन्य अवस्थाको विदेश नीतिभन्दा फरक हुन जरुरी तथा आवश्यक छ। यी दुई राष्ट्रका सम्बन्धमा हाम्रो व्यवहार र सम्बन्ध विशेष प्रकृतीको छस यस्तो विशेष प्रकृति रहनुमा हाम्रो ऐतहासिक, सामाजिक, सांस्कृतिक तथा भू राजनीतिक अवस्था प्रमुख कारक रहेका छन्। चिनसँगको नेपालको सम्बन्ध बढी सामरिक चरित्रको छ र त्यसलाई सोही ढङ्गले सामना गर्न जरुरी हुन्छ। तर भारतसँगको हाम्रो सम्बन्ध चीनसँगको भन्दा बढी पेचिलो छस यसमा सामरिक लगयातका अनगिन्ति ‘रोटी देखि बेटी’ सम्मको विषय समेटिन्छ।
प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रामणले नेपालमा १९९० पश्चात व्याप्त रहेको अस्तव्यस्त (ऋयलागकभम) नेपाल भारत सम्बन्ध सम्बन्धी नेपाली चरित्रमा एउटा अर्को पृष्ठ थप्ने बाहेकको केही स्मरणिय काम भएन भन्दा अत्युक्ती हुँदैन। १९९० पश्चात हरेक नेपाली प्रधानमन्त्रीको जस्तो किसिमको भारत भ्रमण थियो, त्यही अनुरुपको भारत भ्रमण प्रधानमन्त्री ओलीको पनि रह्यो। यसमा कुनै प्रकारको क्रमभङ्गता हुने चाहना शत्तासिन दल तथा प्रधानमन्त्री दुवैमा देखिएन।

यो भ्रमणले दुई देश बीचको अविस्वास हटाएको भन्ने दावी मा यदि प्रधानमन्त्री प्रधानमन्त्री बीच भन्न खोजिएको हो भने दुई प्रधानमन्त्रीवीच त प्रचण्ड प्रधानमन्त्री हुँदाको बखत नै कुनै समस्या थिएन, त्यसैले  एमालेको अध्यक्ष र भारतको प्रधानमन्त्री बीचमा भनेको हो भने भन्न मिल्ला। यो भ्रमणले भारत सरकारसँग को नेपाली जनताको अविश्वास हटायो कि भन्ने हो भने, प्रधानमन्त्रीको एउटा भ्रमण र पहिला जस्तै आश्वासन को पुलिन्दाको आधारमा, भारत प्रति मनमा गहिरो अविश्वास राखेर बसेको जनताको ठूलो पंक्तिले बिश्वास गर्न शुरु गरिसके भन्ने जिम्मा कस्ले लिने?
त्यसैले अब प्रधानमन्त्री तथा सरकारले नेपालको भारत र चीनसँगको सम्बन्धको विषयमा साझा पलयधभिमनभ र त्यस्मा टेकेर ठोस राष्ट्रिय दृष्टिकोण बनाउन पहल सुरु गर्न आवश्यक छ। त्यस्तो राष्ट्रिय दृष्टिकोण निर्माण पश्चात मात्र कुनै पनि नेपाली प्रधानमन्त्रीले गर्ने भारत भ्रमण सफल वा असफल भनेर व्याख्या विश्लेषण गर्न सकिने थियो।

अत अब सफल असफल भन्ने गलफत्ती नगरौं। नेपालको भारतसँ गको सम्बन्ध के कस्तो हुने भन्ने विषयमा साझा ‘पलयधभिमनभर एउटा राष्ट्रिय दृष्टिकोण तयार पारौं। साथै यस सम्बन्धी ष्लकतष्तगतष्यलक हरुलाई समय सान्दर्भिक बनाऔं। यसरी ष्लकतष्तगतष्यलबष्शिभम रुपमा साझा दृष्टिकोण‘पलयधभिमनभ’ निर्माण भएपछि मात्र यो विशिष्ट सम्बन्धमा जो कोही भए पनि एकैनासले व्याख्या गर्न सम्भव हुन्छ। किनकि त्यस बेल जो प्रधानमन्त्री भएपनि उनले गर्ने कुनै एक भ्रमण वा केही समझदारी बाट देश असफल हुने त कुरा नै भएन, भ्रमणको दौरान उनले देखाउने कौशलताबाट भने हाम्रो प्रधानमन्त्री कती सफल वा असफल भनेर हामी सही मानेमा मुल्याङ्कन गर्न सक्ने अवस्थामा हुने थियौं। 
(प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बारेमा काँग्रेसका नेता गगन कुमार थापाले सामाजिक सञ्जाल फेसबूकमा यस्तो  प्रतिक्रिया सार्वजनिक गरेका छन्। ) 

पत्रकारिताको विश्वसनियतामा पूर्व प्रधानन्यायाधीशको प्रश्न

सुधीर शर्मा सम्पादक भएका बखत कान्तिपुर पत्रिकामा मलाई एसएलसी फेल भनेर लेखियो । त्यसका रचनाकारमा पत्रकार कृष्ण ज्ञवाली हुनुहुन्थ्यो र खोज पत्रकारिता

यस्तो छ झापा विद्रोहको कथा

कम्युनिस्टहरू रातिराति गीत गाउँथे, “लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ।” त्यही कालखण्डमा झापाका कर्णबहादुर गौतमको हत्या भयो, २०२८

यसरी पिएचडीको इज्जत जोगाएँ

गाउँले परिवेस र गाउँबाटै अध्ययनको पहिलो खुट्किला एस.एल.सी.को परीक्षा दिएँ। त्यो वर्ष हाम्रै गाउँबाट चाहिं म एकजना मात्र परीक्षामा समावेस थिएँ र

माफिया पोस्दै जननिर्वाचित सरकार

साह्रैै अप्रिय कुरा सुनेपछि मानिस भन्ने गर्छन्, मनै अमिलो भयो। बुधबार अपरान्हतिर यी हरफ लेख्न बस्दा मलाई आफ्नो मन अमिलिएको मात्रै होइन पिलिएको अनुभव