प्रधानमन्त्री फर्किए लगत्तै मधेशी नेता खुरुखुरु दिल्ली जाँदै

ओली फर्किएलगत्तै मधेसी दलका नेतालाई दिल्लीले भटाभट बोलाउन थालेको छ, प्राप्त जानकारीअनुसार मंगलबार महन्थ ठाकुर र सोमबार महेन्द्र यादव निम्तो मान्न गैसकेका छन् । अबको पालो राजेन्द्र महतोको हो । प्रधानमन्त्रीसँगै गएका राजपाका नेता अनुभूति सुनाउँछन्, ‘त्यहाँ राम्रो आदर सत्कार भयो । ओलीलाई प्रभावित पार्न सक्ने जति खातिरदारी गरियो । चलनचल्तीको मापदण्डभन्दा माथिको सम्मान दिएर नेपालको संविधानलाई स्वीकारेको देखाउने काम भयो ।’

संयुक्त विज्ञप्तिमा भारतले नेपालको संविधान स्वीकारेको प्रसंग राख्दा अरु पक्षलाई असर पर्न सक्छ । बिच्क्याएजस्तो अर्थ लाग्छ, त्यसैले सोही संविधानअन्तर्गत तीन प्रकारको चुनाव सम्पन्न गरेकोमा बधाई भन्नुको अर्थ त्यही हो भन्ने जिकिर भारतीय पक्षले राखेको बताइन्छ । यसरी पहिलेको अडानझैं सर्वस्वीकार्यता, समावेशिताको कुरा अब हामी उठाउँदैनौं भन्ने सन्देश दिएको हुनुपर्छ । मधेसी नेता सरकारमा गए पनि नगए पनि एकपल्ट बोलाएर सम्झाउने योजनाअनुरुप नै अहिले राजपाका नेताले निम्तो पाएका हुन् । मोदी नेपाल आएर ठूला विकासे परियोजनामा सम्झौता गर्ने र सोही बेला मधेसको विकास योजना पनि समावेश गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

प्रदेश नं. २ लाई लक्ष्य गरी छुट्टै कार्यक्रम अगाडि सार्दा अन्यत्र गलत सन्देश जाने भएकाले केन्द्रिकृत सहयोगमा तराईलाई पनि पार्ने योजना छ । सरकारी तहका सामुहिक भेटघाटमा त्यस्तो हिसाबले केही नभनिए पनि तराईलाई धोका दिएको, बीचैमा अलपत्र छाडेको महसुस नहुने गरी मधेसी नेतालाई रिसेप्सनका बेला तानेर सरकारको वरिपरि रहेको नेता, व्यापारी, कर्मचारी र पत्रकारबाट ‘तपाईंहरु असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । र, अहिले नै आफ्ना मुद्दा छाडिहाल्नुस् पनि भन्दैनौं’ भन्दै ढाडस दिइएको बताइन्छ । भारतले नेपालालाई हामीबाट जे जे लिनु छ लिए हुन्छ तर चाइनिजको ट्य्रापमा चाहिँ नपर भन्ने सन्देश दिन खोजेको जनआस्थामा खबर छ ।

 विप्लवका बाह्र कार्यकर्ता प्रहरी नियन्त्रणमा

रत्ननगर, २९ साउन । चितवनका विभिन्न स्थानमा  बन्द गराउँदै हिँडेका आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै

विप्लवको बन्दमा आगजनी र बिष्फोटक पदार्थको आतंक

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको

स्थायीत्व र समृद्धि सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री 

काठमाडौँ, २९  साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास, समृद्धि र स्थायीत्व वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।  नेपालको

विप्लवसँग संवाद गर्न तयार छौँः दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संवादबाटै समस्या समाधान गर्न सकिने बताउँदै विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर