प्रहरी महानिरीक्षकमा सर्वेद्र, सशस्त्रमा शैलेन्द्र 

काठमाडौँ, २७ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा गरेको छ ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरु दुई जनालाई दुई प्रहरी संगठनको नेतृत्वमा 
 नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार खनाल द्वयलाई चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो । 

संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा थिए । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण बुधबारदेखि अवकाशमा जाँदै छन्।

यात्रुबाहक बस एकापसमा ठोक्किदा २३  घाइते

चितवन, ७ साउन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।  काठमाडौँबाट दाङ जान आउँदै

जग्गासम्बन्धी सम्पूर्ण जानकारी अब एपबाट 

काठमाडौँ, ७ साउन । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी

कमसल धितोमा दुइ करोड कर्जा लिने मल्ल जेल चलान

काठमाडौँ, ६ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ ।  ब्यूरोको टोलीले सर्वोच्च

 जेठ २ सम्म भिसा लागेका मलेसिया जान पाउने 

काठमाडौँ, ६ साउन  । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा