डिपिएलः इलिमिनेटरमा महेन्द्रनगर विजयी

काठमाडौं । अत्तरियाका दिपेन्द्र सिंह ऐरी र विपीन चन्द्राले ५० रनको साझेदारी गरि १५ बलमा २४ रन चाहिने र ७ विकेट हातमा भएको मौकालाई जितमा परिवर्तन गर्न नसक्दा धनगढि प्रिमियर लिग (डिपिएल) को महत्वपूर्ण खेलमा महेन्द्रनगरसँग १५ रनको हार व्योहोर्नु प¥यो । 

टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले करण के.सी.को आक्रामक १३ बलमा २४ रन (३ चौका र १ छक्का) को मद्दतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो । आरिफ शेखले ५ चौका सहित ३७ बलमा सर्वाधिक ३५ रन बनाएका थिए भने पुनित मेहरा ले २९ बलमा २६ रन बनाएका थिए । ओपनर आसिफ शेखले ११ रन मात्र बनाउन सके ।

महेन्द्रनगरको स्कोर ३ रन मात्र हुँदा नै मुख्य ब्याटसम्यान तथा कप्तान विनोद भण्डारीको विकेट लिएर राम्रो सुरुवात गरेको अत्तरियाले अन्तिम ३ ओभरमा ३० रन खर्चिनु नै हारको कारण बन्यो । बलिङमा अत्तरियाका कमल सिंह ऐरीले ४ ओभरमा १६ रन दिंदै २ विकेट लिए । त्यसैगरी कृष्ण कार्की, शुभांकर उराव, विपीन चन्द्र, विनोद लामा र दिपेन्द्र सिंह ऐरी समान १/१ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको सिवाइसी अत्तरियाले कुनै समय ८.२ ओभरमा ५५/१ को स्थीतीबाट ५६/३ भइ फेरी सम्हालिएको इनिङलाई सफलतामा परिणत गर्न नसक्नाले क्वालिफायर २ मा स्थान बनाउने मौका गुमायो । अत्तरियाको लागि कप्तान सुवास खकुरेलले २५ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३० रन बनाए भने विपीन चन्द्र र दिपेन्द्र सिंह ऐरीले क्रमशः २८ र २७ रन बनाए । गौरव चितकाराले १४ रन बनाए पनि टोलीलाई खेल जिताउन पर्याप्त भएन । अत्तरियाले अन्तिम १५ बलमा ९ रन मात्र बनाउन सकेको थियो ।

कसिलो बलिङ गरेको महेन्द्रनगरको लागि प्लेयर अफ द म्याच रोवीन क्षेत्रीले ४ ओभरमा १६ रन दिंदै २ विकेट लिए भने भुवन कार्कीले १ विकेट   लिए । विकेट सबै ढाल्न नसकेपनि महेन्द्रनगरका बलरहरुले अनुशासित बलिङ गरेका थिए ।

यस खेलसँगैं अत्तरियाको यस प्रतियोगिताको यात्रा समाप्त भएको छ भने महेन्द्रनगरले क्वालिफायर २ मा काठमाडौं गोल्डेनसँग फाइनल स्थान बनाउनको लागि प्रतिस्पर्धा गर्ने छ । क्वालिफायर २ को खेल भोलि १२ः३० बजे दिउँसो हुने छ । 

राजवंशीको ५ विकेट र पारसको शतक सहित नेपाल विजयी

काठमाडौं, ६ साउन । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पशायर हग्सलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्