धार्मिक आवरणमा हिंसा गर्नेहरु उम्किन नपाउने

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन्। 

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको बताएका थिए। 

सो घटनाले आफूलाई दुखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, ‘‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ ।’’ 

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत गृहमन्त्रीले बताए। प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानवीन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग राखेको थियो । रासस

प्रधानमन्त्री ओली मङ्गलबार चीन जाँदै 

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा

रहेनन् डा. उपेन्द्र देवकोटा

काठमाडौं,४ असार ।  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको आज सोमबार निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको   साँझ ५:३५ बजे

 राष्ट्रियसभा सदस्यको कसको कति वर्ष कार्यकाल ?

काठमाडौँ, ४ असार ।  राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार,

 चारलाख ८५ हजार विद्यार्थीको भाग्य सात दिनभित्र थाहा हुने

भक्तपुर, ४ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले