'अहिलेसम्म नेपाल र भारतका कुनै प्रधानमन्त्रीको भ्रमण असफल  भएको छैन'

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकारले ल्याएको श्वेतपत्रले निराशा ल्याएको उनको टिप्पणी गरेका छन् । उनले स्पष्ट पार्दै भने,‘श्वेतपत्रमा अर्थतन्त्रलाई अन्धकार देखाईएको छ, तर अहिले ढुकुटी रित्तिएको अवस्था छैन नि, ढुकुटी रित्तियो भन्नु गलत हो, पछिल्लो वर्ष यता देशमा ६२ प्रतिशतले राजश्व बृद्धि भएको छ, सार्क मुलुकमै नेपालजति राजश्व उठाउने अरु कुनै देश छैन्।’

सबै प्रधानमन्त्रीको भ्रमण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणका बारेमा नेता महतले सकारात्मक टिप्पणी गरे । उनले सोमबा यहाँ एक कर्यक्रममा बोल्दै नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको बताए। उनले भने,‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन,ओलीजीको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निष्कर्ष छ।’  

त्यसैगरी नेता महतले भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणपनि अहिलेसम्म असफल नभएको चर्चा गरे । उनले भने,‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो, तर ऐतिहासिक हुनुपर्ने केही कारण छैन।’

नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि रियलाईजेशन गरेकोले भारत नेपालसँग सम्बन्ध सुधार गर्न ईच्छुक रहेको उनको भनाई थियो । 

 भाषण गरेर रेल आउँदैन

नेता महतले भारत भ्रमणमा जानुपूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको छलफलमा आफूले भारतसँग ठोस कुरा उठाउन सुझाव दिएको सुनाए । उनले थपे,‘रेल आउने कुरा राम्रो हो, तर भाषण गरेरमात्रै हुँदैन नि, यसको लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो, यी कुराको बारेमा टुंगो त लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ।’ रेल आउनु राम्रो कुरा भएको उनको टिप्पणी  थियो । तर, यो कसले बनाईदिने भन्ने कुरा एकिन नभएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘भारतले बनाईदिने भए त खुशीको कुरा हो, रेल आएपछि फाईदा के/कस्तो हुने हो ? त्यो पनि थाहा हुनुपर्यो नि।’ 

जलमार्ग ४० देखिको एजेण्डा

  जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै महतले भने,‘भाषणले यस्तो गर्छु भनेर मात्रै हुँदैन नि।’ नेपाल र भारतबीच झण्डै ५-६ खर्बको व्यापार घाटा रहेको सुनाउँदै उनले भने,‘हाम्रो निर्यात कम छ, व्यापार घाटा डरलाग्दो छ, नेपालका उत्पादनहरु जस्तो अदुवा लगायतका वस्तुहरु निर्यात गर्न धेरै बन्धनहरु छन्, यसबारेमा कुरा गर्नुपर्दथ्यो, बाणिज्य सन्धि भएको भए राम्रो हुन्थ्यो।’

अर्थतन्त्रको गलत चित्रण

 नेपालको अहिले वैदेशिक निर्भरता घटेको पनि महतले सुनाए । उनले भने,‘यो त सवल पक्ष हो, यसबारे श्वेतपत्रमा कुनै कुरा उल्लेख गरिएको छैन्, मुलुकको अर्थतन्त्रलाई गलत देखाईएको छ, यो चिन्ताको विषय हो।’ मुलुक संघीय सरंचनामा गएसँगै वित्तिय हिसाबले धेरै चूनौतिपूर्ण अवस्था रहेको कुरा आफूले धेरै पहिलेदेखि नै बोल्दै आएको उनको भनाई थियो । उनले भने,‘अब सरकारले फजुल खर्च नियन्त्रण गर्नुपर्छ, अनुत्पादक खर्च गर्नुहुँदैन्, प्रतिफल दिने कुरामामात्रै लगानी गर्नुपर्छ।’

यसअघिका सरकारहरुले उपभोग्य वस्तुमा खर्च गर्ने गरेको उनको आरोप थियो । बजेटमै नभएका योजनाको लागि बजेट छुट्याउनु दुःखद् भएको पनि उनले गुनासो पोखे । महतले भने,‘गलत प्रकृतिका खर्चहरु नियन्त्रण गर्नुपर्छ, मन्त्रालयमा कर्मचारी घटाउनुपर्छ।’ पछिल्लो समय २००० प्रतिशतले कर बढाएको कुराले जनतालाई बोझ बढाएको पनि उनले आरोप लगाए । 

भाषण होइन काम गरौं

त्यस्तै उनले मुलुकमा तीन तहको संघीय संरचना बनेसँगै कसले के काम गर्ने भन्ने जिम्मेवारी नै थाहा नभएको पनि बताए । उनले थपे,‘हामी अझैपनि संक्रमणकालिन अवस्थामै छौं, व्यवहार र कार्यान्वयनको हिसाबले हामी संक्रमणकालमा छौं।’ उनले सरकारलाई भाषणभन्दापनि काममा ध्यान दिन सुझाव दिए । 

कांग्रेसमा भाँडभैलौ छैन

नेता महतले कांग्रेसभित्र कुनै भाँडभैलो नभएको प्रष्ट पारे। उनले भने,‘केन्द्रिय कार्यसमिति बैठकमा नेताहरु आ–आफ्नो धारणा राखिरहनुभएको छ, यो कार्यसमिति बैठकले पार्टीलाई स्पष्ट दिशानिर्देश गर्छ, पार्टीभित्र अब गुटको राजनीति अन्त्य भयो, बरु नेतृत्वको कमजोरीबारे अहिले चर्चा भैरहेको छ, पार्टीलाई सबल ढंगले अघि बढाउनेबारे बहस भैरहेको छ।’ उनले कार्यसमितिले महासमिति बैठकको मिति तोक्ने र उक्त महासमितिले अर्ली महाधिवेशनबारे अन्तिम निर्णय लिने जानकारी दिए । 
  
 

 ज्येष्ठ नेता गुरुङले फिर्ता लिए देउवालाई दिएको समर्थन

काठमाडौं,९ वैशाख । वीपी कोइरालाका शीष्य एवं नेपाली कांग्रेसका ज्येष्ठ नेता कुलबहादुर गुरुङले स्थानीय निकायको हारलाई गम्भीरतापूर्वक लिएर समीक्षा

 प्रचण्डको ब्रिफिङपछि एमालेसँग एकता गर्न माओवादी नहतारिने निष्कर्ष

 काठमाडौँ, ९ वैशाख । माओवादी केन्द्र एमालेसँग एकता गर्न नहतारिने भएको छ । शीर्ष नेतावीचको निरन्तरको गोप्यवार्ता र कार्यदलको गृहकार्यपछि पनि एकताको

 मलिन्दो विमानले स्थगित काँग्रेस बैठक बस्दै

काठमाडौँ, ९ वैशाख । शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थल मलिन्दो विमान चउरमा धसिनाले अवरुध्द भएपछि स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय

देउवाको डर ‘अधिनायकवाद’

काठमाडौँ, ८ वैशाख । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको