हरिण मारेको अभियोगमा सलमानलाई दुई वर्ष कैद

नयाँदिल्ली । कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई दुई वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा दुई वर्षको सजाय तोकेको हो ।

तर, सलमान खानले जेल जानु भने पर्नेछैन । उनलाई अहिले नै बेल मिल्नेछ । यसअघि मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए ।

उनीसँगै सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्दा दर्ता भएको थियो तर सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिएको छ ।

फैसला सुनाउनु अघि सलमानका वकिलले अदालतमा कम सजायको अपिल गरेका थिए भने सरकारी वकिलले धेरै भन्दा धेरै सजाय तोक्न अपिल गरेका थिए ।  

यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानमाथि कालो हरिण मारेको आरोप छ ।

साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि मुछिएको छ । दैनिक भाष्करबाट ।
 

 गायिकाकै घर गएर फ्यान निदाएपछि....

काठमाडौं, ९ वैशाख । अमेरिकी गायिका टेलर स्वीफ्टको एक फ्यान उनको घरभित्र पसेर निदाउन पनि भ्याएको न्यूयोर्क पुलिसले जनाएको छ ।  रोजर अल्भारादो नाम

एशियालीको खर्च वाईनिङ र डाइनिङमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । अमेरिकामा बस्ने विभिन्न मूलका व्यक्तिहरुको खर्च गर्ने बानी माथि गरिएको एक अध्ययनले १६ प्रतिशत एशियालीहरुले आफ्नो

हेटौडाकी २२ वर्षीया खतिवडा बनिन मिस नेपाल–२०१८

मिस नेपाल– २०१८ को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले हात पारेकी छन् । बुधबार साँझ काठमाडौंमा आयोजना गरेको मिस नेपालको २३ औं संस्करणमार्फत २२ वर्षीया

पाँच वर्ष के गरेर बस्लान सलमान !

 राजस्थान । ‘पाप धुरीबाट कराउँछ’ भन्ने पुरानो नेपाली उखान एक बलिउड अभिनेताको जीवनमा चरितार्थ हुनपुगेको छ । उनी स्वयंले बिर्सिसकेका भएपनि बिगतमा