बैरागी काइँला र बिमललाई पुरस्कार

विराटनगर । बबरसिंह थापा सेवा गुठी विराटनगरले वरिष्ठ नेपाली साहित्यकार वैरागी काइँला र इलामका कवि विमल वैद्यलाई पुरस्कृत गर्ने भएको   छ । ५१ हजार राशीको देवकुमारी थापा स्मृति पुरस्कार २०७४ साहित्यकार वैरागी काइ“लालाई प्रदान गरिने भएको छ ।

यसैगरी २५ हजार राशी भएको २०७४ सालको बबरसिंह थापा स्मृति पुरस्कार इलामका कवि विमल वैद्यलाई प्रदान गरिने भएको छ । 

नेपाली कविता तथा संस्कृति विधामा लामो समयदेखि विशेष योगदान दिएकाले साहित्यकार काइँला र मोफसलमा रहेर तीन दशकभन्दा बढी समयदेखि कविता लेखनमा क्रियाशील रहेका वैद्यलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार २०७५ बैशाख ८ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ ।

वैरागी काइँलाका कविताहरु, महागुरु फाल्गुनन्दको उपदेश र सत्यहाङमा भजनमाला, साप्पोक चोमेन, नाहेन मुन्धुम, अन्धा मान्छे र हात्तीलगायत दर्जर्नौं पुस्तक प्रकाशित छन् ।

के सञ्जुले सञ्जय दत्तलाई सफाइ दिएको हो?

  बलिवूड अभिनेता सञ्जय दत्त भारतकै सबैभन्दा विवादास्पद चलचित्र अभिनेता हुन्। रक्सी र लागुऔषधको उनको कुलत, उनका प्रेम सम्बन्धहरू र आतंकवादसम्बन्धी

 बेलायतमा गुञ्जियो नेपाली कविता 

काठमाडौँ, १७ असार । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ ।  प्राकृतिक र

एक पत्रकारको आँखामा संजय दत्तको \'संजु\'

फुटबल विश्व कपको राप र तापका बीचमा मैले हिजो राती "संजु" हेरें। संजय दत्त "बलिवुड"का एक विवादास्पद चरित्र हुन्। यो सिनेमाले मलाई बिहान चरा

 सारंगी रेटेरै बिताए दिलबहादुरले जीवनका चारदशक 

 ‘आयो गयो फेरियो व्यवस्था ! आफ्नो भने उस्तै छ अवस्था !!    कल्ले के गर्छ ? पाएसी सबैले आफ्नै पेट भर्छ !!' गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय