फेसबुकमा आफ्नो डाटा कसरी सुरक्षित राख्ने ? 

हालै मात्र करोडौ मानिसको व्यक्तिगत विवरणको दुरुपयोग भएको आरोप फेसबुकमाथि लागेको छ ।
 रिसर्च फर्म क्याम्ब्रिज एनालिटिका माथि पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोप लागेको छ । यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट कसरी प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग हुन्छ भन्ने बहस सुरु भएको छ । यसले अर्बाैँ प्रयोग कर्ता भएको फेसबुकको विश्वसनियतामाथि पनि प्रश्न उठाएको छ ।
फेसबुकका लागि प्रयोगकर्ताको विवरण इन्धन जस्तै हो । यसले विज्ञापनदातालाई एउटा प्लेटफर्म उपलब्ध गराउँछ । त्यसको सट्टामा उसले आम्दानी गर्छ । क्याम्ब्रिज एनालिटिकाले फेसबुक क्विजको माध्यमबाट करोडौ मानिसको डाटा संकलन गरेको थियो । 
जसमा व्यक्तिगत विवरण दुरुपयोग नगर्ने विश्वास प्रयोगकर्तालाई दिइएको थियो ।  फेसबुकमा विभिन्न किसिमका गेम, क्विज तथा प्रयोगकर्तालाई आकर्षित गर्ने एप्सहरु हुन्छन् । जसको लक्ष्य डाटा संकलन गर्नु हुन्छ । फेसबुकमा देखिने विभिन्न किसिमका एप्स, क्विज तथा कार्याक्रम फेसबुकको नियम र शर्त अनुसार नै काम गरिरहेका हुन्छन् । 
गोपनियताको वकालत गर्ने इलेक्ट्रोक्सि फ्रन्टायर फाउण्डेशनका अनुसार जसरी क्विजको माध्यमबाट मानिसको डाटा संकलन गरिन्छ, त्यसले फेसबुक सेवाको सर्त त्यसबेलामा कस्तो थियो भन्ने देखाउँछ । अहिले फेसबुकले आफ्नो नियम र शर्तमा केही परिवर्तन गरेको छ । यसमा फेसबुक प्रयोगकर्ताको विवरणसम्म तेस्रो पार्टीको पहुँच सिमित गरिएको छ । 
आफ्नो विवरण कसरी सुरक्षित राख्ने ? 
फेसबुक लगइन गरेर एप सेटिङ पेजमा जाने, एप्स, वेवसाइट्स र प्लगइनको तलपट्टी देखिने एडिट बटनमा क्लिक गर्ने, त्यसपछि प्लेटर्फमलाई डिसेवल गरिदिने ।
विज्ञहरुका अनुसार आफ्नो डाटा पूर्ण रुपले सुरक्षित राख्ने एउटै मात्र तरिका फेसबुक चलाउन छोड्नु नै हो ।  फेसबुकबाट प्रयोगकर्ताको डाटा सुरक्षित गर्नका लागि दबाब दिनका लागि प्रयोगकर्ताले फेसबुक चलाउन छोड्नु पर्ने विज्ञहरुको सुझाव छ ।  क्याम्ब्रिज एनालिटिका स्क्यान्डल बाहिरिएपछि फेसबुकमा डिलिट फेसबुक ह्यासट्याक ट्रेन्डमा रहेको छ । 
आफ्नो निजी विवरणसम्म अरुको पहुँच पुग्न नदिन फेसबुक एप सेटिङ पेज लगइन गर्ने, त्यहाँ रहेका सबै क्याटेगरीलाई अनक्लिक गर्ने जुन तपाइले अरुलाई देखाउन चाहनुहुँदैन ।
 त्यसमा बायो, जन्मदिन, परिवार, धार्मिक विचारधार, अनलाईन उपस्थिति, टाइमलाईनमा देखिने पोस्ट तथा अन्य गतिविधि पर्छन् । ईस्ट एंग्लिया स्कुल अफ ल विश्वविद्यालयमा सूचना प्रविधि, वौद्धिक सम्पदा र मिडिया कानुनका लेक्चरर पल बरनलका अनुसार कुनै सर्भिस पेजमा लाइक पटन क्लिक गर्न नहुने र एदी गेम वा क्विज खेल्नु परेमा फेसबुकबाट नगरी सिधै पेसमा जानुपर्छ । उनी भन्छन, फेसबुकबाट लगइन गरेर क्विज वा गेम खेल्न सजिलो हुन्छ तर यसबापत आफ्नो व्यक्तिगत विवरणसम्म त्यस्ता एप्सले पहुँच राख्छन् । बीबीसीको सहयोगमा ।
 

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ, ११ असार । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ

चीनको प्रविधिले भारतमा बनाइएकोे विद्युतीय बसको पहिलो ‘लट’ नेपालमा ल्याइने

काठमाडौं, २५ जेठ । भारत र चीनको सहकार्यमा निमार्ण भएको इलेक्ट्रीक बस सार्वजनिक भएको छ । हाइदराबाद स्थीत भारतीय बस निर्माणकर्ता कम्पनी गोल्डस्टोन

विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ

यसरी हुनेछ सूर्यको अवसान 

हाम्रो सम्पूर्ण दुनियाँ सूर्यको वरिपरि नै घुम्छ । सूर्याेदयसँगै सुरु हुने दिन सूर्य अस्तायसँगै सकिन्छ । यदी कुनै दिन सूर्य सधैका लागि अवसान भयो भने