नेपालमा दैनिक २५ देखि ३० भूुकम्प

काठमाडौँ, ९ चैत ।  नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । 

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् । 

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताए 

हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ । 

केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिए। रासस

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौँ, ११ असार । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ

चीनको प्रविधिले भारतमा बनाइएकोे विद्युतीय बसको पहिलो ‘लट’ नेपालमा ल्याइने

काठमाडौं, २५ जेठ । भारत र चीनको सहकार्यमा निमार्ण भएको इलेक्ट्रीक बस सार्वजनिक भएको छ । हाइदराबाद स्थीत भारतीय बस निर्माणकर्ता कम्पनी गोल्डस्टोन

विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ

यसरी हुनेछ सूर्यको अवसान 

हाम्रो सम्पूर्ण दुनियाँ सूर्यको वरिपरि नै घुम्छ । सूर्याेदयसँगै सुरु हुने दिन सूर्य अस्तायसँगै सकिन्छ । यदी कुनै दिन सूर्य सधैका लागि अवसान भयो भने