वामदेवको अर्थपूर्ण मौनव्रतको यस्तो छ रहस्य 

 काठमाडौं, ६ चैत । एमालेमा हक्की स्वभावका नेता भनी चिनिएका उपाध्यक्ष वामदेव गौतम धेरै समय देखि मौन छन् । गएको निर्वाचनमा बलियो पकड रहेको भनिएको बर्दियामा ‘अपत्यारिलो पराजय’ पछि उनले त्यसको दोष पार्टी अध्यक्ष केपी ओली पक्षलाई दिएका थिए।

आफूलाई चित्त नबुझेको कुरामा तुरुन्तै प्रतिक्रिया जनाउने स्वभावका गौतम लामो समय देखि भने मौन छन्। उनको मौनतालाई एमालेभित्र उनका समर्थक आँधी आउनु अघिको सन्नाटाका रुपमा अथ्र्याईरहेका छन्।

निर्वाचनमा पराजित भएपछि एमालेभित्र गौतमको पकड कमजोर हुँदै गएको एकथरीको विश्लेषण सुनिन्छ। पार्टी स्थायी समितिमा उनका एकमात्र भरपर्दा सहयोगी भनी चिनिएका सदस्य किरण गुरुङले समेत गौतमलाई छोडेर संस्थापन तर्फ लागेपछि उनी कमजोर हुँदै गएको निष्कर्ष निकाल्नेहरुलाई बल मिलेको बताईन्छ। एक केन्द्रीय सदस्यले बताए अनुसार, भर्खरै पर्यटन मन्त्री बनेका रवीन्द्र अधिकारी समेत गौतम समूहको कोटाबाट परेका होइनन् । उनी संस्थापन कोटाबाटै मन्त्री छानिएका हुन्।

 गौतमलाई चित्त बुझाउन प्रधानमन्त्री ओलीले ‘कतै न कतै सेटल गर्छु’ भनेर आश्वासन दिएको स्रोतले बतायो। गौतम भने विकास निर्माण सम्बन्धी झण्डै दुई दर्जन प्राधिकरण गठन गर्ने र त्यसको प्रमुख हुने आसमा बसेका बुझिन्छ। यदि दुई दर्जन प्राधिकरणको प्रमुख भएको खण्डमा त्यो संयन्त्रको प्रमुख प्रधानमन्त्री जतिकै शक्तिशाली हुने उनले अनुमान गरेका छन्।

ओली निकट स्रोतका अनुसार त्यस्तो प्राधिकरणको नेतृत्व प्रधानमन्त्री स्वयम् लिने पक्षमा छन्। प्रधानमन्त्री ओली भने आफू मातहतको एउटा प्राधिकरणको जिम्मेवारी गौतमलाई दिने पक्षमा रहेको स्रोतले बताएको छ। प्रधानमन्त्रीको आश्वासन पाएपछि सार्बजनिक रुपमा धेरै बोल्दा कुरा बिग्रन सक्छ भन्दै गौतमले हिजोआज मौनव्रत लिएको स्रोतको दावी छ ।

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका

कम्युनिष्टलाई कमजोर पार्दे विदेशी शक्ति : अध्यक्ष दाहाल

चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी

 \'संविधान आउँदैमा मात्र संघीयता कार्यान्वयन हुँदैन\'- विमलेन्द्र

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड